Siraha Times
ताजा समाचार

पत्रकार उमा सिंह हत्याको दशौं स्मृति दिवस महासंघले मनाउँदै

  • पुस २७, २०७५
  • ८९९ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

जनकपुरधाम जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स हत्या भएको थियो ।

पत्रकार उमा सिंह हत्याको आज एकदशक पुरा, महासंघले स्मृति दिवस मनाउँदै

जनकपुर उपमहानगरपालिका १४ रजौल स्थित राति ९ बजे डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार सिंहको निर्ममतापूर्वक हत्या गरेका थिए ।

सहिद पत्रकार सिंहको दशौं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दीप प्रज्वलन गरी मनाउने भएको छ ।

आज साँझ जनकपुरको जनकचोकमा दीप प्रज्वलन गरी गपत्रकार सिंहको स्मृति दिवस मनाउने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । उनले उक्त सहिद पत्रकार सिंहको अवसरमा आयोजन हुन लागेको दीप प्रज्वलनमा सहभागि भईदिन सम्पूर्ण सञ्चारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।

पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।
पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न सहिद पत्रकार सिंहकी भाउजु ललिता जन्मकैदको साजय भुक्तान गरिरहेको बेला गत वर्ष जलेश्वर कारागारबाट रिहा भइसकेकी छन् ।
जिल्ला अदालत धनुषाको आदेशमा जन्मकैदको सजाय भुक्तान गरिरहेकी ललित गत वर्ष गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा जेलबाट छुटिसकेकी छन् भने घट्नामा संलग्न अन्य दोषीहरु अझै कानुनी दायरमा आउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१