Siraha Times
ताजा समाचार

प्रहरीलाई अपराधीहरु खुलेआम चुनौती दिँदै

  • मंसिर ६, २०७८
  • ८५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ६ मंसिर । जग्गा सम्बन्धि विवादमा बालदेखि बृद्ध महिलालाई मरनासन कुटपिट गरेका दोषीहरु खुलाआम प्रहरीलाई चुनौती दिँदै हिडेपनि नियन्त्रणमा लिन नसकेको पीडितपक्षको गुनासो छ । आज पत्रकार सम्मेलनमा पीडितपक्षले अदालतले ज्यान मार्ने मुद्दाको फैसला अनुरुप दोषीलाई पक्राउ गर्न करिब एक महिना अगावै पत्राचार गरेपनि हालसम्म पक्राउ नगरेकोले प्रहरीप्रति रोष प्रकट गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका भगवतीपुर तमासुइयाँमा बैशाख ९ गते बालदेखि बृद्ध महिलालाई कुटपिट गरेको थियो । कुटपिट गरी घाईते भएका महिलाहरुले न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए । महेशवारी प्रहरीले घटनाप्रति चासो नलिएपछि पीडितहरु बैशाख ११ गते लहान प्रहरीमा उजुरी दिएका थिए । गाउँब्लकको जग्गा विवादमा छिमेकीले ४ बर्षीय प्रिन्सकुमार यादव, ६८ बर्षीया मुनरी यादव, ४५ बर्षीया फेकनीकुमारी यादव ,३५ बर्षीया विनिताकुमारी यादव र ३० बर्षीया घुरनीदेवी यादवलाई निर्घात कुटपिट गरी बेहोश पारेका थिए । कुटाईबाट पीडित विनिता यादव दूई दिनदेखि बेहोस रहेका थिए । रामवृक्ष यादवका हजुर बुवा जनक यादवका नाममा रहेको घर जग्गामा छिमेकी महतोपक्षले जबरजस्ती घर निर्माण गर्न लाग्दा यादवपक्षले रोक्न जाँदा कुटपिट गरिएको हो । पीडितपक्षले छिमेकी पवन महतो, चन्दन महतो, भुटाई महतो, नथुनी महतो, फुदिया महतो, महेन्द्र महतो, इन्द्र महतो र उदगार महतोविरुद्ध लहान प्रहरीमा उजुरी दिएका थिए । अदालतले यिनीहरुलाई पक्राउ गर्न आदेश दिएको छ । यता, ईलाका प्रहरी कार्यालय लहानले दोषीलाई यथाशिघ्र पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१