Siraha Times
ताजा समाचार

जन्माष्टमीको अवसरमा यादव सेवा समाज दोहामा नयाँ नेतृत्व, अध्यक्षमा शिवनाथ यादव निर्वाचित

  • भदौ २०, २०८३
  • २३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ कार्यसमिति चयन गरिएको छ। समाजको नयाँ कार्यसमितिको अध्यक्षमा शिवनाथ यादव निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमिति चयनसँगै अध्यक्ष यादवसहित नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले यादव समुदायको एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई थप मजबुत बनाउँदै प्रवासमा रहेका नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यसमिति चयन भएको अवसरमा शुभकामना व्यक्त गर्दै समाजका शुभेच्छुक तथा समुदायका अगुवाहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन्। साथै, समाजलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक सेवा तथा समुदायका विभिन्न गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ। अध्यक्षमा निर्वाचित शिवनाथ यादव लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संस्थाको उद्देश्यअनुसार एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ कार्यसमितिको सफल कार्यकालसँगै यादव सेवा समाज दोहाले कतारमा रहेका यादव समुदायबीच आपसी एकता, सहयोग र भाइचारा अभिवृद्धि गर्न थप महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान १५ मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ २० । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१