Siraha Times
ताजा समाचार

रसुवाको बाढीपीडितका लागि सुरुंगा कांग्रेसबाट १ लाख ७ हजार ९५५ रुपैयाँ सहयोग

  • भदौ १७, २०८३
  • ७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, भदौ १७ । रसुवाको भोटेकोशी नदीमा २०८३ साल भदौ १० गते बिहान आएको आकस्मिक भीषण बाढीबाट मृत्यु भएका, बेपत्ता भएका तथा प्रभावित परिवारको सहयोगका लागि नेपाली कांग्रेस सुरुंगा नगरपालिकाले आर्थिक सहयोग संकलन गरेको छ।

बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका परिवारलाई राहत तथा सहयोग पुर्या उने उद्देश्यले नेपाली कांग्रेस सप्तरीको सुरुंगा नगरपालिकासँग आबद्ध नेता तथा कार्यकर्ताहरूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका हुन्।

सहयोग संकलनमा सुरुंगा नगरपालिकाकी नगर प्रमुख तथा नेपाली कांग्रेस महासमिति सदस्य गीता चौधरीले २१ हजार रुपैयाँ, नगर उपप्रमुख रुद्रबहादुर कार्कीले ५ हजार १०० रुपैयाँ, महासमिति सदस्य तथा सुरुंगा नगरपालिकाका पूर्वनगर प्रमुख मुक्तिनाथ चौधरीले २१ हजार रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, महाधिवेशन प्रतिनिधि दिनेश यादवले १ हजार रुपैयाँ, क्षेत्रीय सचिव तथा सुरुंगा–४ मधुपट्टीका रमेश कुमार चौधरीले २ हजार ५०५ रुपैयाँ, सुरुंगा–७ का वडा अध्यक्ष शिवनारायण चौधरीले २ हजार रुपैयाँ, प्रदेश ४ का उपसभापति मन्दिर प्रसाद अधिकारीले १ हजार ५०५ रुपैयाँ, क्षेत्रीय सदस्य सितल प्रसाद चौधरीले २ हजार ५०० रुपैयाँ, क्षेत्रीय प्रतिनिधि सुजना खड्काले ३ हजार १०० रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी रामप्यारी चौधरीले ५ हजार ५५ रुपैयाँ, सपितलाल चौधरीले १ हजार रुपैयाँ, वीरेन्द्र कुमार चौधरीले २ हजार ५०० रुपैयाँ, हेम नारायण चौधरीले २ हजार ५०० रुपैयाँ, दुखीलाल चौधरीले २ हजार ५ रुपैयाँ, रामप्रसाद चौधरीले १ हजार ५०५ रुपैयाँ, सरिता चौधरीले ५ हजार रुपैयाँ, अमृता चौधरीले १ हजार रुपैयाँ तथा सबुरलाल चौधरीले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै आनन्द कुमार चौधरीले २ हजार १०० रुपैयाँ, अरविन्द कुमार चौधरीले १ हजार ५० रुपैयाँ, छेदीलाल चौधरीले १ हजार १०० रुपैयाँ, सत्यनारायण चौधरीले १ हजार ५ रुपैयाँ, विनोद कुमार चौधरीले २ हजार ५०० रुपैयाँ, महेन्द्र प्रसाद साहले ५०० रुपैयाँ, लिला कुमारी मण्डलले २ हजार १०० रुपैयाँ, देव नारायण चौधरीले १ हजार ५ रुपैयाँ, निरजन कुमार चौधरीले १ हजार ५ रुपैयाँ र दुर्गानन्द चौधरी कलवारले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी आनन्द प्रसाद चौधरीले १ हजार रुपैयाँ, महेश यादवले २ हजार रुपैयाँ, उपेन्द्र प्रसाद चौधरीले १ हजार ५०५ रुपैयाँ, रन्जिता चौधरीले १ हजार रुपैयाँ, पवनी कुमारी चौधरीले १ हजार ५०० रुपैयाँ, श्रुती चौधरीले ५०० रुपैयाँ, नीरकुमारी चौधरीले १ हजार ५ रुपैयाँ, मोहम्मद अलाउद्दीनले २ हजार रुपैयाँ, फुलकुमारी रामले १ हजार रुपैयाँ, भोला कुमारी पासवानले २ हजार रुपैयाँ सहयोग गरेका छन्।

त्यसैगरी देवशंकर यादवले ५०५ रुपैयाँ, हरिशंकर चौधरीले ५०० रुपैयाँ, जितेन्द्र कुमार विश्वकर्माले १ हजार रुपैयाँ, धर्मदेव यादवले १ हजार ५०० रुपैयाँ, संजय कुमार यादवले १ हजार ५०० रुपैयाँ, किशोर चौधरीले १ हजार १०० रुपैयाँ, विद्यानन्द चौधरीले १ हजार रुपैयाँ, टेकप्रसाद चौधरीले १ हजार रुपैयाँ, अनिल चौधरीले १ हजार १०० रुपैयाँ, लक्ष्मण चौधरीले २ हजार ५०० रुपैयाँ, धनेश्वर भुवनेश्वर चौधरीले १ हजार ५०० रुपैयाँ, महेन्द्र पालले १ हजार रुपैयाँ, बलराम गुप्ताले १ हजार १०० रुपैयाँ र मोहम्मद नजामुद्दीनले १ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

उल्लेखित ५२ जना सहयोगदाताबाट कुल १ लाख ७ हजार ९५५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ।बाढीका कारण ज्यान गुमाएका, बेपत्ता भएका तथा घरपरिवार र सम्पत्तिमा क्षति व्यहोरेका पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले संकलित रकम सम्बन्धित राहत अभियानमार्फत हस्तान्तरण गरिने जनाइएको छ।

विपद्को समयमा राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको भन्दै सुरुंगा नगरपालिकाका कांग्रेस नेता तथा कार्यकर्ताहरूले मानवीय सहयोग अभियानमा सहभागिता जनाएका हुन्।बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै बेपत्ता व्यक्तिको खोजी, मृतक परिवारलाई राहत तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्थानीय कांग्रेस नेताहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

खडक नगरपालिकाका वडा ...

ओम प्रकाश यादव लहान, भदौ १६ । खडक नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा मोतियाबिन्दुबाट प्रभा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१