Siraha Times
ताजा समाचार

मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • असार २७, २०८३
  • ३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोतिपुरमा सरसफाइ तथा सुरक्षित शौचालय निर्माणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

लहान नगरपालिकाको समन्वय तथा टोलस्तरीय सरसफाइ एवं स्वच्छता व्यवस्थापन समितिको सहकार्यमा आयोजित कार्यक्रममा महिला स्वयंसेविका, स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले "सरसफाइ तथा शौचालय निर्माण अभियान सफल पारौं" भन्ने सन्देश अंकित ब्यानरसहित सचेतनामूलक र्‍याली सञ्चालन गर्दै सुरक्षित शौचालयको प्रयोग, नियमित सरसफाइ, फोहोरको उचित व्यवस्थापन तथा व्यक्तिगत स्वच्छता प्रवर्द्धनका विषयमा स्थानीय समुदायलाई सचेत गराएका थिए।

कार्यक्रममा खुला दिसामुक्त, सफा, स्वच्छ र स्वस्थ समुदाय निर्माणका लागि सबै पक्षको साझा जिम्मेवारी तथा सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिइएको थियो। जनचेतनामूलक कार्यक्रमसँगै मोतिपुर टोल क्षेत्रमा सामूहिक सरसफाइ अभियानसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूले सडक, सार्वजनिक स्थल तथा टोलका विभिन्न स्थानको सरसफाइ गर्दै स्वच्छ वातावरण निर्माणमा सामूहिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सन्देश प्रवाह गरेका थिए। साथै, सरसफाइलाई एकदिने अभियानमा मात्र सीमित नराखी दैनिक जीवनशैलीको अभिन्न अभ्यासका रूपमा अवलम्बन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

लहान नगरपालिकाका प्रमुख महेश चौधरीका अनुसार, ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालन भइरहेका यस्ता कार्यक्रमले समुदायमा सरसफाइ तथा स्वच्छताप्रति सकारात्मक सोचको विकास गर्नुका साथै सुरक्षित शौचालयको प्रयोग, फोहोरको उचित व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उहाँले स्वच्छ, सफा र स्वस्थ लहान निर्माणका लागि यस्ता जनचेतनामूलक तथा सामुदायिक सहभागितामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१