Siraha Times
ताजा समाचार

सिरहामा अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ, ब्राउन सुगरसहित दुई युवक नियन्त्रणमा

  • असार २५, २०८३
  • ८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt एआइ फोटो

ओम प्रकाश यादव लहान, असार २५ । सिरहा प्रहरीले फरक–फरक दुई कारबाहीमा अपहरण तथा शरीर बन्धक मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गर्नुका साथै ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार सम्मानित सिरहा जिल्ला अदालतको मुद्दा नं. ०८२–०१–०६७३ अन्तर्गत मिति २०८३ असार २५ गते साँझ करिब ६:१० बजे अपहरण तथा शरीर बन्धक सम्बन्धी चलिरहेको मुद्दाका फरार प्रतिवादी धनगढीमाई नगरपालिका–११ नयनपुर निवासी ४१ वर्षीय सुरेन्द्र कुमार मण्डल पक्राउ परेका हुन्।

सिरहा जिल्ला अदालतको मिति २०८३ जेठ २६ गतेको पत्रादेशका आधारमा गोप्य सूचनाको अनुसरण गर्दै इलाका प्रहरी कार्यालय लहान, सिरहा र इलाका प्रहरी कार्यालय बोदेबरसाइन, सप्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका मण्डललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, लागूऔषध नियन्त्रण अभियान अन्तर्गत सिरहा प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८३ असार २५ गते अपराह्न करिब ४:३० बजे धनगढीमाई नगरपालिका–१० धनगढी बजार क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढी, सिरहा तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

बरियारपट्टीबाट लहानतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००६ प २५९५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक लहान नगरपालिका–१३ निवासी २२ वर्षीय दिपक कुमार महत्तोको पाइन्टको दाहिने खल्तीबाट कालो प्लास्टिकमा बेरेर राखिएको प्लास्टिकसहित ५.६१० ग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलमा पछाडि सवार धनगढीमाई नगरपालिका–१२ निवासी १९ वर्षीय राजाराम यादवलाई समेत नियन्त्रणमा लिइएको छ।

उनीहरूको साथबाट तीन थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागूऔषधजस्तो देखिने पदार्थ, मोटरसाइकल तथा बरामद सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सिरहा प्रहरीले जिल्लामा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर नियमित रूपमा विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालका अनुसार दुवै घटनामा कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा स्कुल बस र म ...

ओम प्रकाश यादव लहान, २५ असार। सिरहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित पूर्व–पश्चिम महेन ...

धनगढीमाई–११ मा कुटपि ...

शम्भु चौधरी लहान, असार २५। सिरहाको धनगढीमाई नगरपालिका–११ सोनापुरमा सामान्य विवादले उग्र रूप लि ...

सिरहाको पहिलो ‘साक्ष ...

ओम प्रकाश यादव लहान, असार २४ । सिरहाको लहान नगरपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर नगरपालिका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१