Siraha Times
ताजा समाचार

लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि नवराजपुर–५ मा BPL–3 सिजन क्रिकेट प्रतियोगिता सम्पन्न, देवनगर विजयी

  • माघ १७, २०८२
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ १७ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउने उद्देश्यले नवराजपुर गाउँपालिका वडा नं. ५ मा वडा स्तरीय BPL–3 सिजन क्रिकेट प्रतियोगिता २०८२ आज भव्य रूपमा सम्पन्न भएको छ। “लागू औषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय युवामा खेलकुदप्रति आकर्षण बढाउनुका साथै सामाजिक सचेतना फैलाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

वडा स्तरमै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो। फाइनल खेल देवनगर र कुसंडी टिमबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो। दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः देवनगर टिम विजयी बन्न सफल भयो। खेल अवधिभर दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीय युवाहरूको उत्साहले मैदान निकै रोमाञ्चक बनेको थियो।

प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभाका जसपा नेपालका उम्मेदवार संजिव यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष शिव उदगार यादव, वडा नं. ५ का वडा अध्यक्ष जय प्रकाश यादव तथा वडा अध्यक्ष नविन यादवको उपस्थिति रहेको थियो। अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै खेलाडीहरूको हौसला बढाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संजिव यादवले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउने बताउनुभयो। उहाँले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै त्यसबाट युवालाई जोगाउन खेलकुद, शिक्षा र सचेतना कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले आफू निर्वाचित भएमा यस क्षेत्रमा मिनी क्रिकेट स्टेडियम निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष शिव उदगार यादवले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र विकासमा टेवा पुग्ने बताउँदै आगामी दिनमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो। वडा अध्यक्ष जय प्रकाश यादवले युवालाई कुलतबाट टाढा राख्न खेलकुद सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो।

आयोजकका अनुसार प्रतियोगिताले खेलकुदसँगै सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्य पूरा गरेको छ। सहभागी खेलाडीहरूले पनि यस्ता कार्यक्रमले आफूहरूलाई ऊर्जा र प्रेरणा दिने बताएका छन्। स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले गाउँ–समाजमा सकारात्मक वातावरण सिर्जना गर्नुका साथै युवालाई रचनात्मक गतिविधितर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१