ताजा समाचार

लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सम्पन्न फाइनल खेलमा नवराजपुरको रोमाञ्चक जीत

  • कार्तिक ३०, २०८२
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान कात्तिक ३० । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको आयोजनामा सम्पन्न जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा नवराजपुर गाउँपालिकाले उत्कृष्ट प्रदर्शनका साथ उपाधि हात पारेको छ। फाइनलमा प्रतिद्वन्द्वी टिमलाई हराउँदै नवराजपुरले ऐतिहासिक जित दर्ता गरेको हो।

प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै नवराजपुर गाउँपालिकाको क्रिकेट टिमले उच्चस्तरीय खेल कौशल, बलियो आपसी समन्वय र अटल आत्मविश्वास प्रदर्शन गर्दै सबैतिरको ध्यान आकर्षित गरेको थियो। अन्तिम क्षणसम्म चर्को प्रतिस्पर्धा चले पनि टिमले दृढता र धैर्य देखाउँदै विजय सुनिश्चित गर्न सफल भयो। यो उपाधि नवराजपुर गाउँपालिकाका लागि मात्र खेलको जित नभई गौरव, पहिचान र स्थानीय तहमा खेलकुदप्रतिको उत्साहको चम्किलो उदाहरणका रूपमा रहेको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव (शिवा) ले बताए।

“हाम्रो टिमले देखाएको मेहनत, आत्मविश्वास र खेल spirit को परिणाम आज सबैका लागि आनंदको क्षण बनेको छ। यो जित सम्पूर्ण गाउँपालिकाको गौरव हो,” अध्यक्ष यादवले प्रतिक्रिया व्यक्त गर्दै भने। विजयको श्रेय खेलाडीहरू, प्रशिक्षक टिम तथा व्यवस्थापन समूहको अथक परिश्रम र समर्पणलाई दिँदै उनले सम्पूर्ण जनसमुदायप्रति पनि आभार प्रकट गरे। “मैदानबाट वा घरबाट निरन्तर उत्साह प्रदान गर्ने हामी सबैका नागरिकप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु,” उनले भने।

नवराजपुर गाउँपालिकाले खेलकुद विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनहरूमा थप प्रतियोगिता, प्रशिक्षण र संरचनागत सुधारका कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। प्रतियोगिताको सफल समापनसँगै नवराजपुर गाउँपालिकाका खेलप्रेमी तथा स्थानीयवासीहरू विजयी टिमप्रति अभिभूत छन् भने यस उपलब्धिले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤