Siraha Times
ताजा समाचार

औरहीमा छैठौं APL क्रिकेट प्रतियोगिता सुरु

  • असोज १३, २०८२
  • १६२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान असोज १३ । “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका साथ छैठौं APL क्रिकेट खेल प्रतियोगिताको  उद्घाटन औरही गाउँपालिकाको सु.ज. मा. वि औरहीमा सम्पन्न भएको छ। श्री जनसेवा युवा क्लब, जमुवाको आयोजनामा र औरही गाउँपालिकाको संयोजनमा भएको यस खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी तथा खेलप्रेमी युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता श्याम कुमार यादवले गरेका थिए भने गाउँपालिका प्रमुख शिवजी यादव प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिका रुपमा उप–प्रमुख रेनु कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत देव सरण यादव, वडा नं. ५ का वडाअध्यक्ष रामप्रीत यादव, कार्यपालिका सदस्यहरू रामदेव राम र रुकेश कुमार यादव लगायतको सहभागिता रहेको थियो।

उद्घाटन खेल पिपरा–३ र खजनपुर–४ बीच सम्पन्न भएको थियो। खेलाडीहरूको उत्साहपूर्ण सहभागिता र दर्शकको जोशले उद्घाटन दिवसलाई विशेष बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवजी यादवले खेललाई स्वास्थ्य, मैत्री र युवाको उर्जासँग जोडेर प्रस्तुत गर्दै भने, “युवाहरू देशका कर्णधार हुन्। उनीहरूले जुन सकारात्मक कार्य गरेका छन्, त्यो सराहनीय छ। यसले गाउँपालिका मात्र होइन, सम्पूर्ण समाजलाई एकताबद्ध र ऊर्जाशील बनाउन मद्दत गर्नेछ।”

उनले युवाहरूलाई यस्तै सिर्जनात्मक, स्वास्थ्यप्रद र समाजलाई उन्नत बनाउने कार्यमा निरन्तर सक्रिय रहन आग्रह गरे। यसैगरी अन्य वक्ताहरूले खेलकुदले आपसी सद्भाव, मैत्री र सहकार्यलाई प्रवर्द्धन गर्ने बताए। आयोजक समितिका अनुसार प्रतियोगिता पालिका–मैत्री ढाँचामा सञ्चालन भइरहेको छ र यसले गाउँपालिकाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बाढीपीडितका लागि एनआ ...

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकक ...

वर्षौ देखिको अवरोध त ...

ओम प्रकाश यादव सप्तरी, भदौ १४ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गरहाइ जनता ...

स्थगित परीक्षा पुनः ...

ओम प्रकाश यादव लहान , भदौ १३ । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गरहाई जनता माध् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१