१५ औँ सिरहा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लहानमा सम्पन्न

  • जेठ १७, २०८२
  • ९२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान जेठ १७ । सिरहा जिल्लाको प्रतिष्ठित खेलकुद प्रतिस्पर्धा मानिने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ लहान नगरपालिकामा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले गरेका थिए। प्रतियोगिता लहान नगरपालिका अन्तर्गतको कवडहलमा आयोजना गरिएको थियो।

May be an image of 10 people, flute, violin, dais and text

प्रतियोगितामा लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, नरहा र एसओएस लहानसहित विभिन्न नगरपालिकाका विद्यालयस्तरीय टिमहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको आसन लहान नगर प्रमुख महेश प्रसाद चौधरीले ग्रहण गरेका थिए भने समापन समारोहमा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो उपस्थित थिए।2 25                   उक्त समापन समारोहमा विशिष्ट अतिथिका रूपमा जनता समाजवादी पार्टी (जसपा) लहान नगरपालिकाका नगर अध्यक्ष राम उदगार महतोको उपस्थिति थियो। साथै, प्रतियोगिताको सम्पूर्ण कार्यक्रमको अध्यक्षता सिरहा खेलकूद विकास समितिका कार्यालय प्रमुख हुकुम लाल कमातीले गरेका थिए।

2 26

प्रतियोगितामा कराते, तेक्वान्दो, भलिवल र कबड्डीजस्ता खेलहरू प्रस्तुत गरिएको थियो। सहभागी खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। प्रतियोगिता युवापुस्तामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। खेलकुदले सामाजिक एकता, सहकार्य र अनुशासनको विकासमा सहयोग पुर्‍याउने भन्दै आयोजकले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ भव्य र विस्तृत बनाउने प्रतिबद्धता जनाएका छन्। प्रतियोगिताको अन्त्यमा विभिन्न खेल विधामा विजयी भएका खेलाडीहरूलाई पदक र प्रमाणपत्र प्रदान गरियो। आयोजक समितिका अनुसार, उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई आगामी राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर समेत प्रदान गरिनेछ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश महतोले खेलकुदले राष्ट्र निर्माणमा अतुलनीय योगदान दिने बताए। त्यस्तै, नगर प्रमुख चौधरीले विद्यालयस्तरमै खेलकुदलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै खेलाडी उत्पादनका लागि नगरपालिकाले आवश्यक पूर्वाधार तथा सहयोग पुर्‍याउने आश्वासन दिए। कार्यक्रमको समापन सामारोहमा खेलाडी, पत्रकार र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। प्रतियोगिता सफलताका साथ सम्पन्न भएको भन्दै आयोजक तथा सहभागीहरू दुवैले खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१