Siraha Times
ताजा समाचार

तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८१: भोलिदेखि भव्य रूपमा सुरु हुँदै

  • चैत १०, २०८१
  • १२६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,चैत १०। सिरहाको लहानमा ‘तेस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८१’ भोलि चैत ११ गतेदेखि सुरु हुँदैछ। आयोजक हिम कस्तुरी युवा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका सबै तयारीहरू पूरा भएको जानकारी दिएको छ। लहानको खेल मैदानमा सञ्चालन हुने यो प्रतियोगिता चैत २० गतेसम्म चल्नेछ। प्रतियोगितामा विभिन्न जिल्लाका उत्कृष्ट १० टोलीले सहभागिता जनाउने छन्। उद्घाटन खेल झापा र बारा एपीएफबीच हुने आयोजक क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी गराए। उनका अनुसार यस प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नेछ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख ११ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उदीयमान खेलाडी र म्यान अफ द म्याच गरी ७ विधाका लागि कुल ६२ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित लागत ३२ लाख १५ हजार रुपैयाँ रहेको छ। लहान नगरपालिकाले मुख्य प्रायोजकको रूपमा २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ भने अन्य प्रायोजन तथा सहयोगी संस्थाहरूबाट ७ लाख ५० हजार रुपैयाँ संकलन गरिने अपेक्षा गरिएको छ। फुटबल प्रतियोगितालाई व्यापक प्रचार-प्रसार गर्न खेल मैदानको वरिपरि मुख्य प्रायोजक लहान नगरपालिकासहित अन्य सहयोगी संस्थाहरूका ब्यानर, पोस्टर तथा विज्ञापन सामग्रीहरू आकर्षक रूपमा सजाइनेछ। खेलप्रेमी दर्शकहरूका लागि गोल नेपाल डटकममार्फत खेलहरूको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ।

लहानले नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यहाँका धेरै खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन्। यस्तो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्ने, लहानको व्यापार व्यवसाय प्रवर्द्धन गर्ने र शहरलाई राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। हिम कस्तुरी युवा क्लबले विगतमा विभिन्न सफल फुटबल प्रतियोगिताहरू आयोजना गरिसकेको छ। यसपटकको मेयर गोल्डकपलाई भव्य, व्यवस्थित र ऐतिहासिक बनाउन आयोजक क्लबले सम्पूर्ण खेलप्रेमी दर्शक, स्थानीय व्यवसायी, संघसंस्था तथा नगरवासीहरूलाई सहयोग गर्न आग्रह गरेको छ। प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ, जसमा लहानबासी तथा सम्पूर्ण खेलप्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आयोजक क्लबले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१