ताजा समाचार

जे.एस. मुरारका क्याम्पस लहानमा स्ववियू निर्वाचन: नेविसंघको प्यानलै विजयी

  • चैत ६, २०८१
  • १०४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत ६ । सिरहाको लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरूले प्यानलसहित विजय हासिल गरेका छन्। स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका छन्। उनले ५७५ मत ल्याएर निकटतम प्रतिस्पर्धीसँग १४४ मतान्तरले जित हासिल गरेका हुन्। निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले ४३१ मत प्राप्त गरेका छन्।

विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले भने केवल ९७ मत प्राप्त गरेका छन्। अन्य पदहरूमा पनि नेविसंघकै उम्मेदवारहरू विजयी भएका छन्। उपाध्यक्ष, सचिव, सह-सचिव र कोषाध्यक्ष पदमा समेत नेविसंघका उम्मेदवारहरूले नै जित हासिल गरेका छन्। निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ भने विजयी उम्मेदवारहरूलाई समर्थकहरूले स्वागत गरेका छन्।

स्ववियू निर्वाचनका क्रममा क्याम्पस परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतगणना सकिएपछि विजयी उम्मेदवारहरूले विद्यार्थीहरूको हकहितका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस जितसँगै नेविसंघ समर्थकहरूमा उत्साह छाएको छ भने विपक्षी समूहले पनि जनमतलाई स्वीकार गर्दै विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤