Siraha Times
ताजा समाचार

प्रथम माँ मुसहरनिया क्लब (MMC) द्वारा आयोजित भलिबल प्रतियोगिता सुरु

  • फागुन २०, २०८१
  • ९२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राशिन्द्र यादव सप्तरी फागुन २० । प्रथम माँ मुसहरनिया क्लब (MMC) द्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिता सुरुङ्गा नगरपालिकामा आजदेखि सुरु भएको छ। प्रतियोगिता MMC क्लबका संयोजक आनन्द प्रसाद चौधरीको अध्यक्षता तथा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो। प्रतियोगितामा एभरेस्ट स्पोर्ट्स एकेडेमी भलिबल टीम, सर्लाही र कोशी प्रदेश भलिबल टीम, दमक, झापाबीच पहिलो खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ। खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शनका साथ मैदानमा देखिएका छन्।

स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको प्रतियोगितामा उत्साहजनक माहौल देखिएको छ। प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा आयोजना गरिएको हो। आयोजक समितिका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्नेछ। कार्यक्रममा विशेष अतिथिका रूपमा सुरुङ्गा नगरपालिकाका पूर्व मेयर मुक्तिनाथ चौधरी, उपमेयर रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल पासवान, नगर प्रवक्ता शिवदर्शन पासमान तथा वडा नं. १ देखि ११ का वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

साथै, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, सुरक्षाकर्मी, इन्जिनियर इन्द्र प्रसाद चौधरी, सशस्त्र क्याम्प कुसहाका प्रमुख तथा प्रहरी चौकी धातीका इन्चार्ज पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रमका सञ्चालन भूषण चौधरीले गरेका थिए। उनले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै स्थानीय युवाहरूलाई खेलकुदमा आकर्षित गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताए। प्रतियोगितामा सहभागी दुवै टोलीका एम्पायरहरूको समेत उपस्थिति रहेको थियो। भलिबल प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ। आयोजक समितिले प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ।

उक्त महिला भलिवल प्रतियोगिता खेलमा एभरेस्ट स्पोर्ट्स एकेडेमी सर्लाहीका नेहा कुमारी चौधरीलाई प्ले ओफ द म्याचको उपाधि दिएर सुरुंगा नगरपालिकाकि मेयर गीता चौधरीले महिला खेलाडी प्रति माया सद्भाव जुन देखाएकी थिएन स्वागतयोग्य रहेको थिए उहा थप्दै भनेका थीइन कि हाम्रो समाजमा पुरुषले जति महिलाले पनि गर्न सकिन्छ भने प्रमाणित भएको थाहा आउँदो समय दिनमा यस्तै प्रदर्शन गराउन र महिलालाइ प्रोत्साहित गर्नमा म नगर प्रमुख गीता चौधरी पछी नहट्ने समेत अस्वासन दिदै उक्त महिला खेलाडी नेहा कुमारी चौधरीलाई उपहार स्वरूप केहि नगद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१