ताजा समाचार

कपिलवस्तुकाे विजयनगरमा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु

  • फागुन १७, २०८१
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी (चौधरी) कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ४ मा रहेको शंकरपुर खेल मैदानमा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ अध्यक्ष कप सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले शनिबार अध्यक्ष कपकाे प्रतियोगिताकाे उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेकाे बताएका छन् । अध्यक्ष कपले युवालाई खेलप्रति आकर्षण बढाएको उनले बताए । वडागत रुपमा सहभागी गराई प्रतियोगिता सञ्चालन गरिएको बताउँदै स्थानीय खेलाडी उत्पादनमा अध्यक्ष कपले महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । समग्र गाउँपालिकाकाे पहिचानसँगै खेलकाे क्षेत्रमा विकास हुने अध्यक्ष थापाले बताए ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले खेललाई मर्यादित बनाउनुपर्नेमा जाेड दिए । खेलकाे नियम, पद्धति र विधिमा रही खेललाई अगाडी बढाउँदै लैजानुपर्ने बताउँदै साैेहार्दपूर्ण वातावरण बनाउन खेल व्यवस्थापन समिति र सहभागी खेलाडीलाई उनले आग्रह गरे । यसैगरी शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले अध्यक्ष कप प्रतियोगितामा फुटबल, भलिबल र क्रिकेट खेल खेलाइने जानकारी दिए । प्रतियोगितामा वडागत रुपमा खेलाडी सहभागी भएको बताउँदै शनिबारदेखि सुरु भएको अध्यक्ष कप २० गते सम्पन्न हुने उनले बताए । कार्यक्रममा २ का वडा अध्यक्ष नेपाल चाैधरीकाे शुभकामना मन्तव्य र शिक्षक जीवलाल भुषालकाे सञ्चालनमा अध्यक्ष कप सुरु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤