ताजा समाचार

लहान नगरपालिका-१९ छरापटीमा पहलमानी सुरु, मेयर महेश चौधरीद्वारा उद्घाटन

  • फागुन १७, २०८१
  • ८१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान फागुन १७। लहान नगरपालिका-१९ छरापटीमा परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले पहलमानी प्रतियोगिता सुरु गरिएको छ। नगरका मेयर महेश चौधरीले पहलमानहरूसँग हात मिलाउँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। प्रतियोगितामा स्थानीय तथा क्षेत्रीय पहलमानहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस लहान नगर सभापति संजय यादव, जे.एस.मुरारका बहुमुखी क्याम्पस लहानका स्ववियु सभापति रामकृष्ण यादव, स्थानीय अगुवा राजलाल यादव, कमल चौधरीलगायत विभिन्न समाजसेवी तथा खेलप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो।

मेयर चौधरीले खेलकुदले युवाहरूलाई अनुशासन, आत्मबल र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै परम्परागत खेलकुदको संरक्षण तथा प्रवर्द्धनमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा स्थानीय तहबाट खेल क्षेत्रको विकासका लागि थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी गराए। यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न अवसर दिने विश्वास गरिएको छ। स्थानीयहरू पनि यस खेलमा निकै उत्साहित देखिएका छन्। प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤