Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न, विजेता खेलाडीहरू लाई मेडल वितरण

  • फागुन १६, २०८१
  • ६७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज १६ फाल्गुन। वीरगंज महानगरपालिका -१५ स्थित नेशनल मेडिकल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजको बार्षिक उत्सवका अवसरमा आयोजित सो कार्यक्रम बिहीबार औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको थियो । उक्त प्रतियोगितामा मेडिकल कलेजकै एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङमा अध्ययनरत छात्रछात्राहरुले भाग लिएका थिए।

नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जैनुदिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न खेल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले खेलमा सहभागी विद्यार्थीलाई विभिन किसिमका मेडलहरु वितरण गर्नुभएको थियो ।

मेडिकल कलेजका प्रिन्सिपल डा. केऐन सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी , एकेडेमिक डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्राध्यापक डा. एके कौशी, डेन्टलका भाइस प्रिन्सिपल प्राध्यापक डा. सरोज देव, नर्सिङ डाइरेक्टर प्राध्यापक गंगा गुरुङ, नर्सिङका भाइस प्रिन्सिपल प्राध्यापक डा. बबिता सिंह लगायतको उपस्थिति रहेकाे थियो।

प्रतिक्रिया दिनुहोस

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

नेपाल रेडक्रस धनुषाम ...

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाको हालै गठित तदर्थ समितिलाई लिएर तीव्र व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१