ताजा समाचार

सिटिजन्स बैंकको बोदे बर्साईन शाखा नयाँ भवनमा, आइतबारदेखि कारोबार सुरु

  • फागुन १२, २०८१
  • १३०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी :१२ फाल्गुन :उमेश कुमार साह बोदे बर्साईन : सिटिजन्स बैंक इन्टरनेसनल -लिमिटेडले फाल्गुन ११ गते देखि हाल रहेको भवन बोदे बर्साईन नगरपालिका वडा नं. ५ बोदे बर्साईन धर्मशाला अगाडि देखी करिब २० मिटरको पश्चिम तर्फ दुरिमा रहेको भवनमा स्थानान्तरण गरि बैंकिङ कारोबार संचालन गरेको छ।

Open photo

उक्त शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका , जनप्रतिनिधि अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

Open photo

हाल बैंकले १९९ वटा शाखा सहित ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध रहेको बोदे बर्साईन शाखाका प्रमुख राम कुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤