Siraha Times
ताजा समाचार

सिरहाको लहानमा दोस्रो डे & नाइट उपमेयर कप टि-२० क्रिकेट टुनामेन्ट सुरु

  • फागुन ३, २०८१
  • १०८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ३ फागुन । सिरहाको लहानमा दोस्रो डे & नाइट उपमेयर कप टि-२० क्रिकेट टुनामेन्ट प्रतियोगिता भव्य समारोहका साथ सुरु भएको छ। लहान नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर उप-प्रमुख राम चलितर महतोले बलिङ्ग गरेर तथा प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ब्याटिङ गरेर गरेका छन्। नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी सन्तोष चौधरीले पनि प्रतियोगिताको औपचारिक उद्घाटनमा सहभागीता जनाएका थिए।

उद्घाटन समारोहमा लहान नगरपालिकाका उपमेयर रमाचलितर महतो, नेपाल पत्रकार महासंघका अध्यक्ष मनोज बनैता, नेता बिनोद साह, युवा नेता सरोज यादव, लहानका डीएसपी बिष्णु प्रसाद सोति, शसस्त्र प्रहरी बलका डीएसपी, नेता सन्तोष चौधरी, पत्रकार तथा लहान युवा क्लबका सम्पूर्ण टिमसहित उल्लेखनीय खेल प्रेमीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको आयोजनामा लहान नगरपालिकाका उपमेयर रमाचलितर महतो रहेका थिए भने कार्यक्रमको अध्यक्षता लब मण्डलले गरेका थिए।

लहान नगरपालिकाको खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न ठाउँका उत्कृष्ट क्रिकेट टोलीहरुले सहभागिता जनाएका छन्। उद्घाटन समारोहमा नगर उप-प्रमुख महतोले खेलकुदको माध्यमबाट युवाहरुलाई सकारात्मक दिशातर्फ प्रेरित गर्न सकिने बताए। उनले स्थानीय खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न यस प्रतियोगिताले ठूलो योगदान दिने बताए।

त्यस्तै, प्रमुख अतिथि मन्त्री चौधरीले खेलकुदले अनुशासन, एकता र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने भएकाले यस्तो प्रतियोगिताको महत्व अझ बढेको बताए। उनले लहानलाई खेलकुदको मुख्य केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै समाजसेवी सन्तोष चौधरीले युवा पुस्तालाई खेलकुदमा आकर्षित गराउने उद्देश्यले आफूले सधैं खेलकुद गतिविधिहरुलाई सहयोग गर्दै आएको बताए। उनले लहानमा खेल पूर्वाधारको विकासका लागि स्थानीय तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

यस प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरु रातिको उज्यालोमा खेलाइने भएकाले खेलाडी तथा दर्शकहरुको उत्साह उच्च रहेको छ। आयोजक समितिका अनुसार प्रतियोगिताको विजेताले नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछ।

लहानका क्रिकेटप्रेमी दर्शकहरु यो प्रतियोगितालाई ऐतिहासिक बनाउने तयारीमा छन्। खेलप्रेमी तथा स्थानीय बासिन्दाहरु यस प्रतियोगिताले खेलकुद संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिएका छन्।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१