Siraha Times
ताजा समाचार

कपिलवस्तुकाे विजयनगरमा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया

  • फागुन १, २०८१
  • ५८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर, फागुन १ । कपिलवस्तुकाे विजयनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विजयनगर गाउँपालिका आधारभूत अस्पताल, बद्दौरमा आयोजना गरिएको छ l

स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार कार्यक्रममा आधारभूत अस्पतालका कर्मचारी तथा स्वास्थ्य बीमा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। अन्तरक्रियामा किटजन्य रोगहरूको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका उपायहरूबारे विस्तृत छलफल भएको अधिकारीले जानकारी दिए।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई मच्छरजन्य रोगहरू जस्तै डेंगु, मलेरिया तथा फाइलेरिया नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराएका थिए। साथै, घरपरिवार तथा वरपरको सरसफाइमा ध्यान दिनु पर्ने, पानी जम्ने ठाउँहरू हटाउनु पर्ने, कीटनाशक औषधिको प्रयोग गर्नुपर्ने जस्ता उपायहरूसमेत सुझाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो विजयनगरका प्रमुख राम प्रकट कोरीले किटजन्य रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि सञ्चारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले समुदायमा सचेतना फैलाउन रेडियो विजयनगरले प्रचारप्रसारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको यस कार्यक्रममा समुदायस्तरबाटै रोग नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। स्वास्थ्य शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

धार्मिक सद्भाव कायम ...

ओम प्रकाश यादव लहान, साउन १५ । सप्तरी जिल्लाको खडक नगरपालिकाले देशका विभिन्न स्थानमा पछिल्लो समय देख ...

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१