कपिलवस्तुकाे विजयनगरमा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया

  • फागुन १, २०८१
  • ४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी विजयनगर, फागुन १ । कपिलवस्तुकाे विजयनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा किटजन्य रोग नियन्त्रण सम्बन्धी समुदाय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम विजयनगर गाउँपालिका आधारभूत अस्पताल, बद्दौरमा आयोजना गरिएको छ l

स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीका अनुसार कार्यक्रममा आधारभूत अस्पतालका कर्मचारी तथा स्वास्थ्य बीमा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। अन्तरक्रियामा किटजन्य रोगहरूको रोकथाम, नियन्त्रण तथा जनचेतना अभिवृद्धिका उपायहरूबारे विस्तृत छलफल भएको अधिकारीले जानकारी दिए।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई मच्छरजन्य रोगहरू जस्तै डेंगु, मलेरिया तथा फाइलेरिया नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराएका थिए। साथै, घरपरिवार तथा वरपरको सरसफाइमा ध्यान दिनु पर्ने, पानी जम्ने ठाउँहरू हटाउनु पर्ने, कीटनाशक औषधिको प्रयोग गर्नुपर्ने जस्ता उपायहरूसमेत सुझाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो विजयनगरका प्रमुख राम प्रकट कोरीले किटजन्य रोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि सञ्चारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले समुदायमा सचेतना फैलाउन रेडियो विजयनगरले प्रचारप्रसारमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासी तथा सरोकारवालाहरूको सहभागिता रहेको यस कार्यक्रममा समुदायस्तरबाटै रोग नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने निष्कर्ष निकालिएको छ। स्वास्थ्य शाखाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१