ताजा समाचार

समाजवादी प्रेस संगठन पर्साको सातौं बैठक सम्पन्न, राष्ट्रिय भेला सफल पार्न आग्रह

  • फागुन १, २०८१
  • ७२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १ फाल्गुन। समाजवादी प्रेस संगठन नेपाल पर्साको सातौं बैठक बिहिवार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष आसमहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते आईतवारका दिन काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा प्रतिनिधिको रुपमा सहभागी भई सफल पार्न निर्णय गरेको छ ।

भेलामा सहभागी हुने प्रतिनिधिहरुले स्वयं खर्च व्यहोर्नु पर्ने, कुनै पनि कार्यालय, व्यापारी, उद्योगी सँग चन्दा नलिने बैठकले निर्णय गरेको छ । तथापि कुनै पनि व्यक्तिले समाजवादी प्रेस संगठन नेपाल पर्साको नाममा चन्दा आतंक मच्चाई पर्सा संगठनलाई बदनाम गर्न खोजे प्रहरी तथा अन्य नियमनकारी निकाय अथवा यस संगठनलाई खबर गरी सहयोग गरिदिन हुन बैठकले अपिल समेत गरेको छ ।

साथै बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बिषयमा समिक्षा समेत गरेको छ । पत्रकार महासंघ पर्साको निर्वाचनमा प्रेस सेन्टर नेपाल, प्रेस मञ्च लगायतका संगठनहरु सँग भएको गठबन्धनले ईमान्दारी पूर्वक मत दिई समाजवादीबाट नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्यमा राघव साह र पर्सा शाखाको सह–सचिवमा अजय चौरसियालाई विजयी गराएकोमा सम्पूर्ण पर्सेली मतदाता पत्रकारहरुमा बैठकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

सो बैठकमा पर्साका उपाध्यक्ष दिपक कुशवाहा, सचिव रामअनुप यादव, सह सचिव श्रीराम रौनियार, जय कुमार यादव, कोषाध्यक्ष रामेश्वर चौरसिया, सदस्यहरु रंजित चौरसिया, दिपेन्द्र गिरी, राकेश जायसवाल, दिपक चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤