KPL प्रिमियर जिल्ला स्तरीय कपले लोकप्रियता पाउदै

  • माघ २४, २०८१
  • ५७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कृष्णनगर माघ २४ । युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन्। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।

खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । १५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युवराज सेनले ३५ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए। साथै, बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गर्दै आफ्नो स्पेलको ३ ओभरमा १८ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।

उनकै उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी प्रदेश क्रिकेट क्लबले सहज जित निकालना सफल भयो। खेलमा युवराज सेन ‘म्यान अफ द म्याच’ घोषित भए । स्कोररको भूमिका महताब आलम शाहले निर्वाह गरेका थिए। कार्यक्रममा आजका विशिष्ट अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षकसुरज खत्री र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख सुशील पौडेल रहेको आयोजकले जनाएको छ। कृष्णनगरका समाजसेवी तथा युवानेताद्वय मिर्जा राशिद, अकरम पठान तथा चन्द्रोटाका युवानेता रहिश शाहको अगुवाईमा भइरहेको उक्त क्रिकेट प्रतियोगिता जिल्लामा पहिलो पटक भएको खेल प्रेमी हरू बतउछन्।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१