ताजा समाचार

वीरगंज– ९ मा ९०० युवती तथा किशोरीहरुलाई एचपीभी खोप लगाईने

  • माघ २०, २०८१
  • ७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २० माघ । वीरगंज महानगरपालिका वडा नं. ९ का युवती तथा किशोरीहरुलाई माघ २२ गते देखि एचपीभी खोप लगाईने जनाईएको छ । एचपीभी खोप अभियान कार्यक्रम अन्र्तगत आईतवार वीरगंज–९को वडा कार्यालयमा वडा खोप समन्वय समितिको अभिमुखीकरण तथा बहस पैरवी बैठक सम्पन्न भएको छ । महिलाहरुमा हुने क्यान्सर मध्ये पनि पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा रहेको बीरगजं महानगरपालिका स्वास्थ्य शाखाका कोल्ड चेन प्रमुख रामबाबु यादवले बताए । बढ्दो तथ्यांकलाई न्यूनिकरण गर्न सरकारले नै खोप अभियान संचालन गरेको उनले बताए ।

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरबाट महिलाहरुलाई बचाउन यही माघ २३ गते देखि फागुन ६ गतेसम्म खोप संचालन गरिने यादवले बताए । यस वडा भित्र रहेका सामुदायिक तथा नीजि सबै विद्यालयहरुमा कक्षा ६ देखि १० सम्ममा अध्ययनरत्त विद्यार्थी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षसम्मको उमेर समूहका ९०० जना बालिका तथा किसोरीहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइने जनाईएको छ । वडा न.९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अनमी उत्तम साह, शिक्षक शिक्षिका, स्वयमसेवीका, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम संचालक वडा नं. ९ स्वास्थ्य कार्यालयका प्रमुख श्याम शंकर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤