ताजा समाचार

तिर्थयात्रुलाइ गरे समाजसेवी दुबेले सम्मान

  • माघ १४, २०८१
  • १४३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १४ माघ । बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन । भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउँपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन ।

भलुही टोलका करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको स्थानीय प्रेम साहले जानकारी दिए । उनका अनुसार बिरगंज काठमान्डौ चल्ने २ वटा बसमा करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको बताए । तिर्थ स्थल जाने क्रममा फेटा गाउपालिका युवाको आन, बान र शानको रूपमा चिपरिचित युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान गरि दिएकोमा यात्रुहरू हर्सित भएको बताए ।

यता फेटा गाउपालिका वडा नम्बर १ रजवटिया टोल निवासी शेसनाथ यादवले गाउपालिका भित्र उमेश दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरे । उनका अनुसार स्थानीय तहमा निर्वाचन लडने र निर्वाचित तथा पराजित हुने नेताहरू मात्र निर्वाचनकै समयमा मुख देखाउने गरेको बताउदै युवा नेता दुबे अहोरात्र खटेर समाजसेवामा लागेको देख्दा दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरिएको बताए ।

यता भारतको कुम्भ तिर्थस्थलमा प्रस्थान गर्ने यात्रुहरू युवा नेता दुबेले सम्मान गरेकोमा हर्सित भएका थिए । उहाहरू युवा नेता उमेश दुबेको उन्नती प्रगतिको कामना भन्दै आशीर्वाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤