Siraha Times
ताजा समाचार

श्री ल.ल.कु.मा.वि. रघुनाथपुर, लहान नगरपालिका-३ का विद्यार्थीहरूले च्याउँ उत्पादनमा गरे सफलता हासिल

  • माघ १०, २०८१
  • ८०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ १०। लहान नगरपालिका–३ स्थित श्री लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुरका विद्यार्थीहरूले किताबी ज्ञानलाई प्रयोगात्मक शिक्षासँग जोड्दै विद्यालयमै च्याउँ उत्पादन गर्न सफल भएका छन्। विद्यार्थीहरूले व्यावसायिक दृष्टिकोणबाट कृषि क्षेत्रमा नयाँ अभ्यासको थालनी गर्दै च्याउँ खेतीलाई प्राथमिकता दिएका हुन्।

विद्यालयले "किताबी ज्ञानसँगै प्रयोगात्मक शिक्षा" भन्ने नारालाई आत्मसात गर्दै यो कार्यक्रम सञ्चालन गरेको हो। शिक्षण र उत्पादनको यो मेलले विद्यार्थीहरूलाई अध्ययनसँगै सीपमूलक ज्ञान प्रदान गर्न ठूलो भूमिका खेलेको विद्यालयका संयोजक शिव शंकर महतोले जानकारी दिए।

विद्यालयले यो परियोजना सुरु गर्दा विद्यार्थीहरूलाई व्यावसायिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको थियो। अग्रेजी माध्यमका संयोजक श्यामसुन्दर महतोका अनुसार, “विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी उनीहरूको क्षमता विकास गर्दै व्यावसायिक ज्ञान दिन यो कार्यक्रम सुरु गरिएको हो।”

विद्यार्थीहरूलाई कृषि शिक्षाका शिक्षक शुशील कुमार साह र विद्यालयको शिक्षकहरुको विशेष सहयोगमा च्याउँ खेती सम्बन्धी तालिम प्रदान गरिएको थियो । च्याउँ उत्पादनका लागि आवश्यक सामग्री प्लास्टिकका बोराहरू, भूसा, बीउ (स्पान), र उचित वातावरण निर्माण गर्नका लागि आवश्यक उपकरण विद्यालय र विद्यार्थीहरुको स्वामित्व्यमा  विद्यालयमै उपलब्ध गराइने महतोले जनाए ।

विद्यार्थीहरूका अनुसार च्याउँ खेती सुरुमा चुनौतीपूर्ण भए पनि उनीहरूले यसलाई सिक्न रुचि देखाएका थिए। कक्षा ९ का छात्र छात्रा “शुरुमा खेती गर्न गाह्रो भए पनि अब मज्जा लाग्न थालेको छ । यो प्रक्रियाबाट धेरै कुरा सिक्न पाएको छु।” उता विधालयका शिक्षकहरुको भनाइ अनुसार विद्यालयले च्याउँ उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउँदै छ । उत्पादन भएको च्याउँ स्थानीय बजारमा बिक्री गरिँदा विद्यार्थीहरूले आत्मविश्वास र आर्थिक लाभ दुवै पाएका छन्। हालका लागि विद्यालयबाट दैनिक १०-२० केजीसम्म च्याउँ उत्पादन गरिने लक्ष्य लिएको छ ।

विद्यालयले यो परियोजनालाई अझै विस्तार गर्दै थप विद्यार्थीहरूलाई कृषि, व्यवसाय, र उद्यमशीलता सम्बन्धी तालिम दिने योजना बनाएको छ । यसका लागि लहान नगरपालिकाबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ।

लहान नगरपालिकाका मेयर महेश चौधरीले यस कार्यक्रमको प्रशंसा गर्दै यसलाई नगरपालिकाभरि फैलाउने योजना रहेको बताए। “यो जस्तो अभिनव कार्य अन्य विद्यालयहरूले पनि सिक्नु आवश्यक छ। प्रयोगात्मक शिक्षा नै भविष्यको मार्गदर्शन हो,” उनले भने।

श्री लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालयका विद्यार्थीहरूले च्याउँ उत्पादनमा देखाएको रुचि र सफलता प्रयोगात्मक शिक्षाको उत्कृष्ट उदाहरण हो। यो कार्यक्रमले न केवल विद्यार्थीहरूको व्यक्तिगत विकासमा मद्दत पुर्‍याएको छ, बरु समुदायमा स्वरोजगार र कृषि व्यवसायप्रति सकारात्मक सन्देश पनि प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१