बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  • माघ ९, २०८१
  • ५५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ०९ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिवको अध्यक्षतामा सिरहा जिल्लामा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिसस प्रमुख दिनेश कुमार महतोज्यू प्रमुख अतिथि रहनुभएको थियो भने जिसस उपप्रमुख दिलिप लामाज्यू विशिष्ट अतिथि रहनुभएको थियो।

यस कार्यक्रमलाई थप गरिमामय बनाउन जिससका सदस्यद्वय जानकी यादव र शोभा यादवज्यूको उपस्थिति रहेको थियो। साथै, सिरहा जिल्लाका १७ वटै पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, र पालिकाका प्रशासकीय प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालश्रममुक्त स्थानीय तह निर्माण गर्न जनप्रतिनिधि र कर्मचारीहरूको भूमिकाबारे छलफल गरिएको थियो। बालश्रमको अन्त्यका लागि नीति तथा कार्यान्वयन योजना बनाउने, यसलाई प्रभावकारी रूपमा अगाडि बढाउने, र सरोकारवालाबीच समन्वय बढाउने विषयमा गहन छलफल भएको छ। कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै प्रमुख अतिथि दिनेश कुमार महतोले बालश्रम अन्त्यका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको अधिकार संरक्षण र उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न बालश्रमको अन्त्य अनिवार्य रहेकोमा जोड दिनुभयो।

यस अन्तर्क्रियामा पालिकास्तरमा बालश्रम विरुद्धका कार्यक्रमहरू सञ्चालन गर्न जनप्रतिनिधिहरूको भूमिका, चुनौती, र अवसरहरूबारे छलफल भएको थियो। सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गर्दै बालश्रममुक्त स्थानीय तह निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। उक्त कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको हो। बालश्रममुक्त स्थानीय तह घोषणाले जिल्लामा बालबालिकाको संरक्षण तथा उनीहरूको आधारभूत अधिकार प्रत्याभूत गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१