ताजा समाचार

सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न

  • माघ ५, २०८१
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ५ माघ मधेस प्रदेश, सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको १५औं गाउँसभा भव्यताका साथ सम्पन्न भएको छ। गाउँपालिकाको आफ्नै सभाहलमा आयोजित यस कार्यक्रम गाउँपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधिहरु , वडाअध्यक्षहरु, कर्मचारीहरु, र सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो। गाउँसभाले स्थानीय विकासका मुद्दाहरू, बजेट विनियोजन, जनताको आवश्यकता र प्राथमिकताका विषयमा विस्तृत छलफल भएको थियो।

अध्यक्ष यादवले गाउँपालिकाले विगत वर्षमा गरेका कामको विवरण प्रस्तुत गर्दै आगामी वर्षका लागि नयाँ योजना र कार्यक्रमहरूको घोषणा गरे। उहाँले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, खाद्यान्न, अवासीय जन्ताको मुख्य मागलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको छु बताउदै पूर्वाधार र कृषि क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

गाउँसभा बैठकमा विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिनुका साथै जनप्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रका समस्याहरू राखे। विशेषगरी कृषिमा आधुनिकीकरण, सीपमूलक तालिम, र सडक पूर्वाधारका विषयलाई प्राथमिकता दिइने निर्णय यस सभा द्वारा गरिएको छ।

May be an image of 6 people, hospital and text

कार्यक्रममा उपस्थित सबैले गाउँपालिकाको समग्र विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउँदै गाउँसभा बाट पारित योजनालाई समयमै कार्यान्वयन गर्न जोड दिए। सभामा खासगरी गा.पा.उपाध्यक्ष निलम यादव, १न. वाडाअध्यक्ष संजय यादव र ४ न. वाडाअध्यक्ष रमेश कुमार यादवको सान्दर्भिक तर्क रहेको थियो। उहाँहरुको भनाइ अनुसार जन्ताले हामीलाई अमुल्य मत दिएर जिताएर सरकारमा पठाएका छन र हामी जनप्रतिनिधिहरु जनचाहना मुताविक जनबोलीको कदर गर्दै सबै एक ढिका भइ सत्ता संचालन गर्न जरुरी रहेको बताएका हुन भने हामी छिनामसिना कुरोमा नअल्झि लोकतन्त्रको अभास गराउन अझ हामीलाई धेरै मेहनत गर्न जरुरी रहेको समेत बताएका थिए।

May be an image of 9 peopleप्रमुख प्रशासकीय अधिकृत राजीब झा द्वारा संचालन भएको यस सभाले सखुवानन्कारकट्टी गाउँपालिकाको आगामी विकास यात्रा अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ भने यस आ.ब. को योजना समयमा सम्पन्न गर्न प्रमुख प्रशासकीयको नाता आफु हर सम्भव प्रयास गरिरहेको र अगामी दिनमा पनि गरिरहने झाको प्रतिबद्धता रहेको थियो।

May be an image of 4 people, dais and text

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤