Siraha Times
ताजा समाचार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट प्रयास: एक जना नियन्त्रणमा

  • माघ ५, २०८१
  • ७६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ ५ । काठमाडौं जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिटको प्रयास भएको छ। माघ २ गते दिउँसो ३:४५ बजे ज्रेब्रा क्रसिङबाट सडक पार गर्दै गर्दा भिडमा रहेका व्यक्तिहरूले त्रिपाठीमाथि आक्रमण गर्ने प्रयास गरेका हुन्। घटना भएपछि तत्कालै प्रहरीले हस्तक्षेप गरी त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। आक्रमणको प्रयासमा संलग्न रहेको आरोपमा दोलखा तामाकोशी गाउँपालिका–१ स्थायी ठेगाना भएका तथा हाल ललितपुर टिकाथली निवासी ४८ वर्षीय ललित कुमार के.सी.लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललित कुमार के.सी.विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ। उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजी कार्य जारी रहेको छ। त्रिपाठीमाथि भएको आक्रमणको प्रयासले कानुन व्यवसायी तथा नागरिक समाजमा चासो बढाएको छ। घटनापछि त्रिपाठीलाई कुनै गम्भीर चोटपटक नलागेको र उनी पूर्ण रुपमा सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ। त्रिपाठीमाथि भएको घटनाबारे नेपाल बार एसोसिएसनलगायत अन्य सरोकारवाला निकायले ध्यानाकर्षण गराइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१