Siraha Times
ताजा समाचार

बलिदानी दिवस विशेष: मधेश आन्दोलनका वीर शहिदहरूप्रति श्रद्धाञ्जली

  • माघ ५, २०८१
  • ६६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान आज माघ ५ गते, बलिदानी दिवसको रूपमा मधेश प्रदेश र सम्पूर्ण मधेशी जनसमुदायले स्मरण गरिरहेको दिन। १८ वर्ष पहिले, आजकै दिन सिरहाको लहानमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालको नेतृत्वमा ऐतिहासिक आन्दोलनको सुरुवात भएको थियो। यो आन्दोलन संघीयता, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, र नागरिकता समस्या समाधान जस्ता महत्वपूर्ण मुद्दाहरूसँग जोडिएको थियो।

सन् २००७ को यो दिनमा आन्दोलनको क्रममा विद्यार्थी नेता रमेश महतोले आफ्नो जीवनको बलिदान दिनुभयो। सिरहाको लहानमा उहाँको सहादतसँगै आन्दोलनले उग्र रूप लिँदै मधेशी जनताको आवाजलाई बुलन्द बनायो। रमेश महतोको बलिदानले सम्पूर्ण मधेशी समुदायलाई एकताको सूत्रमा बाँध्दै राज्यको विभेदकारी नीति विरुद्ध जनबिद्रोहको स्वरूप प्रदान गर‍यो।

बलिदानी दिवस, मधेश आन्दोलनका सम्पूर्ण वीर शहिदहरूको सम्झनामा मनाइने विशेष दिन हो। यो दिनले मधेशी जनताको अधिकार, समानता, र पहिचानका लागि गरिएको संघर्षलाई पुनः सम्झाउने गर्दछ। मधेश प्रदेश सरकारले यो दिनलाई आधिकारिक रूपमा बलिदानी दिवसको रूपमा मनाउने घोषणा गरेको छ। यस अवसरमा मधेशका शहिदहरूप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको बलिदानको सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिन्छ।

आजको दिन, सम्पूर्ण मधेशी जनसमुदायले वीर शहिदहरूको बलिदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ। मधेश आन्दोलनले ल्याएको चेतना र प्रेरणाले मधेशी जनताको अधिकार र पहिचानका लागि निरन्तर संघर्षको मार्गदर्शन गरेको छ।

मधेश आन्दोलनका शहिदहरूको स्मृतिमा हामी सबै नतमस्तक छौँ। उहाँहरूको बलिदानले प्राप्त उपलब्धिहरूको संरक्षण र थप उपलब्धिहरूको सुनिश्चितताका लागि एकजुट भएर अघि बढ्नु हाम्रो दायित्व हो।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१