Siraha Times
ताजा समाचार

जेष्ठ नागरिक लाई कम्बल, खेलाडी लाई खेल सामाग्री

  • पुस २८, २०८१
  • ७५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विजयनगर गाउँपालिको वार्ड ३ को वृद्धहरूलाई कम्बल र खेलाडी लाई खेल सामाग्री उपहार दिएर सम्मान गरिएको छ । अहिलेका पुस्ताले वृद्ध नागरिकहरूलाई खासै वास्ता नगर्ने र बाबुआमालाई समेत बृद्धाश्रममा लैजान पछि नपर्ने प्रवृत्ति बढेका कारण युवा पुस्तामा ज्येष्ठ नागरिकप्रतिको श्रद्धाभाव प्रकट गर्न वडाले कम्बल उपहार वितरण गरेको हो।

विजयनगर ३ का वडाध्यक्ष हिर्दय बिकास चौधरीले ८० वर्ष पुगेका र पुग्न लागेका ७५ जना ज्येष्ठ नागरिकहरूलाई उपहार वितरण गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकहरूलाई अपमान होइन सम्मान गनुपर्छ भन्ने सन्देश सहित उपहार तथा सम्मान दिएको उल्लेख गर्नुभयो । हरेक ज्येष्ठ नागरिक समाज र देशका सम्पत्ति तथा ज्युँदा इतिहास भएकोले उनीहरूको सम्मान तथा मायामा कसैले पनि कमी गर्न नहुने भनाइ छ। वडामा आफैँले दिएको मतबाट निर्वाचित जनप्रतिनिधिले कम्मल सम्मान दिँदा ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।

हरेक वर्ष बढी उमेरका वृद्धबाट क्रमशः कम उमेरका वृद्धहरूलाई सम्मानित गर्दै जाने योजना रहेको वडाध्यक्ष चौधरीले बताए। आफुहरुले ज्येष्ठ नागरिकलाई सम्मान गरेर देखाउँदा बाबुआमा तथा वृद्ध नागरिकलाई देखेर हेला र घृणा गर्नेहरूको मन परिवर्तन हुन सक्ने उनको भनाइ छ।

त्यसैगरी विजयनगरमा हुन गइरहेको अध्यक्ष कपको तयारीमा रहेको खेलाडी टोलीलाई खेल सामाग्री प्रदान गरिएको छ । विजयनगर–३ का वडाअध्यक्ष चौधरीले खेलाडीलाई प्रतियोगिताको लागि आवश्यक टिसर्ट,फुटबल, भलिबल, क्रिकेट ब्याट,बल ,ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, फुटबल नेट, भलिबल नेट, क्रिकेट म्याट लगायतका खेलमा आवद्ध खेलाडीलाई खेलकुद वितरण गरेका हुन् ।

उनले वडाको विकाससँगै खेलकुदको विकासमा पनि वडा उत्तिकै जिम्मेवार रहेको जानकारी दिँदै प्रतियोगितामा खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन खेलकुद सामग्री वितरण गरिएको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१