व्यापारीका लागि बिमा योजना लागु गर्नेछु:- अध्यक्षका उमेदवार रितेश शर्मा

  • पुस १८, २०८१
  • ५२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, पुस १८ कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्। अध्यक्ष पदका पांच उमेदवार मध्ये प्रबल उमेदवार रहेका रितेश शर्मा पनि आज आफ्नो व्यापारी टोली सहित कृष्णनगर बजारमा प्रत्येक पसल हरूमा गएर आफ्नो चुनावी ऐजेंडा सहित आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्। 

उहांले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी व्यवसायी लाई अनुरोध गर्दै आफू सधैं व्यापारी हरूका लागि चौबिसै घण्टा साथमा खडा रहने बाचा गरेका एक जना व्यवसायीले बताए। उहांले आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रो संग चलायमान गराई व्यापारी हरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारी हरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उद्यमी हरूको हक अधिकार रहेको जिक्र गरे। साथै उहांले कृष्णनगर भन्सार नाकालाई अपग्रेड गराउन आफूबाट हुनसक्ने हरेक सम्भव प्रयास गर्ने बताउदै व्यापारीका लागि बिमा योजना लागु गर्ने शर्माले बताए।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१