इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न

  • पुस १३, २०८१
  • ५५८ पटक पढिएको
  • रहमुल
alt

रहमुल लहान १३ पुस कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको राम लौटन द्रोपदी माध्यमिक विद्यालयमा आज इलाका प्रहरी कार्यालय गणेशपुरको नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दको अध्यक्षता विशिष्ट अतिथिमा विजयनगर गाउँपालिका प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष दिनेश कुमार चौधरी तथा वडा नं ५ का वडाध्यक्ष अनवार अहमद, नेपाली कांग्रेस विजयनगर कमिटी अध्यक्ष मो. रफिक रहेका थिए। 

कार्यक्रममा उपस्थित माझ जानकारी गराउदै प्रहरी निरिक्षक चन्दले आर्थिक बर्ष २०८१/८२ मा २३ वटा मुद्दा दर्ता भएको ९ मुद्दा किनारा लागि सकेको १४ वटा अझै फैसला हुन बाकी रहेको, ९० वटा ठाडो निवेदन परेको जस्मा ७५ वटा किनारा लागि सकेको तथा १५ वटा अझै बाकी रहेको, ३० जना फरार प्रतिवादी सम्बंधित निकायमा आवश्यक कार्यवाहीका लागि पठाईएको २० जनाको अझै खोज तलास भइरहेको, विभिन्न समयमा नागरिक प्रहरी सहकार्य कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी गराउदै उपस्थित जन समुदाय माझ प्रहरीले अझ सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन सुझाव संकलन गरिएको थियो। 

कार्यक्रमा बोल्दै वडाध्यक्ष चौधरीले सामाजिक परिवर्तन गर्न व्यक्तिको मानसिकता परिवर्तन हुनु पर्ने कुरामा जोड दिदै आफूले विभिन्न चुनौतीको सामना गर्दै आएको तर पनि समाजमा सकारात्मक परिवर्तन गर्न आफू पछाडि नहट्ने बताए। कार्यक्रममा बोल्दै मोहम्द रफिकले प्रहरीको सेवा बाट आम नागरिक सन्तुष्ट छन् कि छैनन् भन्ने उदेश्यका साथ राखिएको कार्यक्रम सराहनीय रहेको बताउदै आम नागरिकले आफ्नो हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बताए। 

कार्यक्रममा नागरिक बाट आएका जिज्ञासा लाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष चन्दले प्रहरी तथा नागरिक मिलेर अगाडि आए मात्र समाजमा शान्ति स्थापना हुन सक्ने कुरामा जोड दिए। कार्यक्रममा स्थानीय, पत्रकार, प्रहरी, समाजसेवी, राजनीतिक व्यक्ति, शिक्षाप्रेमी, किसान लगायत अन्यको सहभागिता रहेको थियो। लाका प्रहरी कार्यालय गणेशपुरका सहायक प्रहरी निरिक्षक जुक्ती घर्ती मगरले कार्यक्रम संचाल गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सिरहामा ७१७.६ किलोग् ...

ओम प्रकाश यादव  लहान, साउन ४ । सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४, पोखरिया स्थित एक ...

लहान नगरपालिकामा पहि ...

लहान, साउन ४ । देशकै ठुलो नगरपालिका मानिने सिरहा जिल्लाको लहान नगरपालिकामा पहिलोपटक उपमेयर राम चलितर ...

नेशनल मेडिकल कलेजद्ध ...

वीरगंज २ साउन । वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१