ताजा समाचार

व्यापार र व्यापारिका लागि म रातदिन खट्छु : रितेश शर्मा

  • पुस १२, २०८१
  • ७४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर , पुस १२ । कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उम्मेदवारहरू व्यपारी, उद्योगी, लगायत माझ आ-आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्।

पहिलाे पटक उद्योग वाणिज्य संघकाे निर्वाचनमा आफ्नाे भाग्य र व्यापारीहरुकाे विश्वास जित्न अध्यक्ष पदका उम्मेदवार रितेश शर्मा आज मुख्य बजारका व्यापारीसंग भेटघाट शुरु गरेका छन । उम्मेदवार शर्माले व्यापार र व्यापारीहरुकाे हितमा आफु रातदिन खटिने प्रतिवद्धतासहित भाेट माग्दै हिडेका छन । कृष्णनगर बजार , गाेलघर लगायत पसलहरुमा गएर आफ्नो चुनावी एजेंडा सहित एक पटकका लागि अवसर दिन सबैसंग आग्रह गरेका छन ।

उम्मेदवार शर्माले आफूलाई चुनावमा विजयी गराउन सबै व्यापारी ,व्यवसायी र उद्योगी वर्गलाई अनुरोध गर्दै आफू सधैं व्यापारीक हितमा आफ्नाे पहुँच सामर्थ्यले सदैव खडा रहने बताए। आफू चुनावमा आउनुका मुख्य कारण नै कृष्णनगर बजारलाई पुनः राम्रोसंग चलायमान गराई व्यापारीहरूमा खुसीयाली ल्याउनुनै रहेको बताउदै व्यापारीहरूको हकहितमा योजना बनाई व्यापार निर्वाध रूपमा संचालन गर्न पाउने उद्यमी हरूको हक अधिकार रहेको जिक्र गरे। साथै उहांले कृष्णनगर भन्सार नाकालाई अपग्रेड गराउन आफूबाट हुनसक्ने हरेक सम्भव प्रयास गर्ने शर्माले बताए।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤