ताजा समाचार

सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

  • पुस ८, २०८१
  • ७७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, मंसिर ८ जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ। प्रेस विज्ञप्तिमा भनिएको छ। देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ। बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ। ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ। नैराश्यता बढ्दो छ।

वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले जनता प्रगतिशील पार्टी नेपालको ठहर छ। तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतांत्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न अनुरोध गरिएको छ। जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्षरित प्रेस विज्ञप्ति आज निकालिएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤