ताजा समाचार

मधेशी आयोगद्वारा नश्लीय विभेद विरुद्ध कडा आपत्ति, तत्काल कारबाहीको माग

  • पुस ७, २०८१
  • ८३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान पुस ७ । मधेशी आयोगले नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत २०८१ मंसिर ४ गते सम्पन्न क्वालिफायर-२ (जनकपुर बोल्ट्स VS कर्णाली याक्स) को खेलमा जनकपुर बोल्ट्सका खेलाडीहरू विरुद्ध गरिएको नश्लीय, साम्प्रदायिक, र रंगभेदी अभद्र व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले सो कार्यलाई अत्यन्त निन्दनीय र मुलुकको कानूनविपरीतको दण्डनीय अपराध ठहर गरेको छ।

आयोगका अनुसार खेलको क्रममा केही अराजक समूहले जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अपमानजनक नाराबाजी गर्दै विभेदकारी गतिविधि प्रदर्शन गरेका थिए। यस घटनालाई राज्यका सुरक्षा निकायहरूले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण भएको आयोगले बिज्ञप्तिमा उल्लेख गरेको छ।

संविधान र कानूनले यस्ता विभेदकारी सोच र व्यवहारलाई प्रतिबन्ध लगाएर दण्डनीय बनाएको भए पनि व्यवहारमा अझै यस्ता गतिविधि भइरहने अवस्थाले समाजमा गम्भीर समस्या उत्पन्न गरिरहेको आयोगको ठम्याइ छ।

आयोगले राज्यलाई ती अपराधीहरूलाई तुरुन्तै कानूनी दायरामा ल्याउन आग्रह गर्दै गृह प्रशासनमा औपचारिक सिफारिस समेत गरिसकेको छ। साथै, सबैलाई संयमित रहन अपिल गर्दै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।

“यस्ता विभेदकारी सोचले मुलुकको एकता र निर्माणमा अवरोध पुर्‍याउँछ, त्यसैले यस्ता गतिविधिलाई रोक्न तुरुन्त कारबाही आवश्यक छ,” आयोगको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤