दुर्घटनामा परेका कारबाट १ सय किल्लो भन्दा बढी गाँजा बरामद

  • मंसिर ३०, २०८१
  • ७३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, ३० मंसिर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा.८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिनामको गाँजा फेला परेको हो। 

कारमा रहेको पाँच बटा कालो प्लाष्टिककाका गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पाँचपोकाहरुको भित्रमा २१ रहेको छ । ठूलो एक पोकामा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ। कार ठोकिए लगतै कारभित्रबाट २÷३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागेको एक स्थानीयले बताए।

स्थानीयले उत्तरबाट आएको कार ट्रकमा ठोकिने वित्तिकै उनीहरु निस्केर कोही पोका निकालेर सिटी रीक्सामा हाल्ने र कोही कारको नम्वर प्लेट निकाल्न थालेपछि सङ्का लागेर पोका नियाँदा गाँजा देखिएकोको बताए। प्रहरीले ट्रक र कार नियन्त्रणमा लिए पनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताएको छैन। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको भनिएपनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भएपनि सवै विवरण आई नपुगेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सवै विवरणहरु आईपुगेको छैन। विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छ।’ स्थानीयले धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजारमा सम्म जाने गरेको बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीयले बताए। अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१