संजू कुमारी दास, २६ मंसिर लाहान सिरहा ३३ औं लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान २०२४ को अन्तिम दिन १० दिसम्बर ७६ औं अन्तराष्ट्रीय मानब अधिकार दिबस, “हाम्रो अधिकार, हाम्रो भविष्य अहिले नै” भन्ने मुल नाराका साथ भव्यताका साथ मनाइएको छ । सिरहाको मिर्चैया नगरपालिकामाको आयोजनामा र मुक्ति नेपाल, इन्सेक, इलाका प्रहरी कार्यालय लगायत दर्जनौं संघसंस्थाको समन्वय तथा सहकार्यमा मिर्चैयाका नगर प्रमुख श्री श्रवन कुमार यादवको अध्यक्षतामा र राष्ट्रिय मानव अधिकार आयोगका माननिय सदस्य श्री मिहिर ठाकुरको प्रमुख आतिथ्यमा, स्थानिय निकायका जनप्रतिनिधि लगायत को उपस्थितिमा मिर्चैया नगरपालिका लाई मानव अधिकार मैत्री बनाउने घोषनाका साथ सम्मपन्न भएको छ ।
बिहान ८ बजे करिब हजारौंको संख्यामा महिला, पुरुष, र युवाहरु र्यालीमा भाग लीई लैंङ्गिक हिंसा विरुद्धको विभिन्न नारा लगाउदै नगरपालिकादेखि सुरु भई थानाचौक, मरेरवा हुदै मिर्चैया नगरपालिकामा पुगी कोण सभामा परिणत भएको थियो भने । होलीडे होटेलको सभा हलमा करिब ६०० जना सहभागि रहेको कार्यक्रममा मुक्ति नेपाल को टिम द्वारा स्वागत गित र लैंङ्गिक हिंसा, बाल विवाह, दाईजो प्रथा विरुद्धको जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । साथै मानव अधिकार , महिला अधिकार र सामाजिक न्याय को क्षेत्रमा गरेको कामलाई मूल्याङ्कन गर्दै मुक्ति नेपाल गोलबजारकी अध्यक्ष देव कुमारी महरा, मुक्ति नेपालका कार्यक्रम संयोजक विशेश्वर दास र धिरेन्द्र साह, इन्सेक जिला अध्यक्ष दुर्गा परियार, युवा संजाल मधेर प्रदेश अध्यक्ष नईम राइन, ध्ज्च्म् सिरहा की बबिता मिश्रा, ल्ल्म्क्ध्इ का अध्यक्ष मोहन पासमान, दलित विकाश मंच की बबिता महरा, लगायत १४ जनालाइ सम्मान पत्रले समानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved