ताजा समाचार

कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

  • मंसिर २२, २०८१
  • ७४५ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु, मंसिर २२

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन, फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२  लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ।

फार्मेसी, स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ। फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने, औषधि बनाउने र वितरण गर्ने काम गर्दछन्। 

 कपिलवस्तु लगायत अन्य जिल्लाका फार्मेसी पढ्न चाहने विद्यार्थीका लागि राम्रो अवसर रहने क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤