Siraha Times
ताजा समाचार

कृष्णनगरमा पिआरसी कपिलवस्तुको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न

  • मंसिर १८, २०८१
  • ८१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, कपिलवस्तु, मंसिर १८ । लुम्बिनी प्रदेश सभा सदस्य एवम् वन तथा वातावरण पुर्वमन्त्री अर्जुन केसीले मानव बेचविखन नियन्त्रण गर्न सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ । शान्ती पुनर्स्थापना गृह कपिलवस्तुको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कानुनको पुर्ण रुपमा पालन भए अपराधीक गतिविधि निर्मुल हुने बताउनु भयो । पुर्वमन्त्री केसीले पिआरसीले गरेको कार्य जस्तै अन्य संघसंस्थाले सामाजिक क्रियाकलाप बढाए गलत क्रियाकलाप हटने र अभिभावकले आआफ्नो सन्तानलाई सहि बाटोमा डोर्‍याउन सके समाज सुधिर्ने बताउनु भएको छ । शान्ती पुनर्स्थापना गृहकी संस्थापक अध्यक्ष शान्ता सापकोटाले चेलीबेटी बेचबिखान कार्य विकराल रूपमा बढ्दै गएको बताउनुभयो ।

अध्यक्ष सापकोटाले नेपाली चेलीबेटीहरू विदेशमा राम्रो अवसरको प्रलोभनमा परी बेचीने गरेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिको सभापति बाबुराम आचार्यले कपिलवस्तुका सबै स्थानीय तहहरूले चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । समाजमा अशिक्षा, चेतनाको कमीले गर्दा यस्ता अपराधिक क्रियाकलाप बढ्दै गएकोले सबैले मिलेर सामना गर्नुपर्ने आचार्यले बताउनुभयो । समाजिक परीक्षण कार्यक्रममा बोल्दै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको उपप्रमुख आरतीदेवी चौधरीले मानव बेचबिक छन् विरुद्ध पालिका लागेको बताउनुभयो । पालिकाले चेलीबेटी विरुद्ध समयसमयमा विभिन्न अभियान चलाउँदै आएको जानकारी दिनुभयो ।

कपिलवस्तुको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरीले चेलीबेटी बेचबिखन विरुद्धको अभियानलाई सशक्त रुपमा लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो हाम्रो समाजमा अझै पनि विभिन्न बहानामा हाम्रा चेलीहरू बेचिएका छन् । यस विरुद्ध सुन्ने सहनशीलता कायम गर्नुपर्छ ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले विभिन्न बहानामा विदेशमा बेचिएका चेलीबेटीलाई सहज रुपमा उद्धार गरेकोले शान्ति पुनःस्थापना गृहलाई धन्यवाद व्यक्त गर्नुभयो । पोखरेलले भन्नुभयो युवाहरु नेपालमै उद्यमशील गरेर नेपालमै रोजगार बन्न सकिन्छ यसका लागि सरकार गम्भीर बन्नुपर्छ । गैरसरकारी संस्था महासङ्घको प्रदेश उपाध्यक्ष सुशिला बेलबासेले संघसंस्थाले समाजिक क्रियाकलाप गर्दै चेलीबेटी बेचबिखन विरुद्ध सशक्त अभियान चलाएको छ यसमा यस अभियानमा सबैले हातेमालो गर्न जरुरी देखिन्छ ।

कपिलवस्तुको कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रमुख सुरज क्षेत्रीले सिमा नाकामा कडाई गरेको जानकारी दिनुभयो । उहाँले सिमा नाकामा हुने अपराधिक गतिविधिलाई निर्मूल पार्दै गइरहेको बताउनुभयो । समाजिक परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कृष्णनगरका कार्यक्रम सुपरभाइजर डिल्लीराज तिमिल्सिनाले आर्थिक वर्ष २०८०। ८१ मा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय कपिलवस्तुले ३ सय ४६ जनालाई उद्धार गरेको बताउनुभयो ।

कार्यक्रम सुपरभाइजर तिमिल्सिनाले यस आर्थिक वर्षमा आर्थिक वर्ष २०८०८१ मा कुल ९ हजार ८ सय २२ जनालाई सूचना तथा परामर्श दिएको बताउनुभयो । कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भएको सामाजिक लेखा परीक्षण कार्यक्रममा शान्ति पुनर्स्थापना गृह्का पदाधिकारीहरू, कपिलवस्तुका जनप्रतिनिधिहरू, नेपाल, भारतका पत्रकारहरु, विभिन्न संघसंस्थामा आबद्ध भएका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१