ताजा समाचार

१९१ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण

  • मंसिर १३, २०८१
  • १५२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान १३ मंसिर । लहान नगरपालिका वडा नम्बर २० का १९१ जना स्थानीयहरुलाई गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लहान सिरहाले लहान नगरपालिकाको वडा नम्बर २० मा लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग सिरहाले लहान नगरपालिकाको वडा नम्बर २०को जनताहरुलाइ एक कार्यक्रम गरि १९१ जनालाइ मंसिर १२ गते वडा कार्यालयमा सानो कार्यक्रम गरि गाउँ ब्लकको प्रमाणपुर्जा लहान नगरपालिकाका मेयर महेश चौधरीको हातबाट हस्तान्तरण गरिएको छ ।

प्रमाणपुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथिमा मेयर महेश चौधरी थियो भने विशिस्ट अतिथिहरुमा वडा २० कै वडा अध्यक्ष गणेश चौधरी, वडा सदस्य, नापी सर्वेक्षक टोलीका सदस्यहरु सहितको उपस्थिति थियो ।साथै जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रमका अध्यक्षता ग्रहणमा नापी कार्यालयका प्रमुख लालबाबु यादवको थियो । कार्यक्रमा सानो मन्तव्य राख्दै नगर प्रमुख महेश चौधरी अब कोहि पनि आफु बसोवास गरिरहेको जग्गाको प्रमाण पुर्जा लिनबाट बन्चित नहुने बताउनु भएको हो । वर्षौंदेखि बसोबास गरेको जग्गाका प्रमाण पुर्जा पाएपछि स्थानीयहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤