ताजा समाचार

तत्मा र कथित पत्रकार हरिशंकर शर्मालाई अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिनको म्याद थप

  • मंसिर ११, २०८१
  • ११४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज। पर्सा प्रहरीले आइतवार पक्राऊ गरेका सन्तोष दास तत्मा र कथित पत्रकार हरिशंकर शर्मालाई सोमबार सम्मानित जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक कसुरमा ७ दिनको म्याद थप गराई थप अनुसन्धानको कार्य अगाडि बढाएको छ। तत्मा र पत्रकार शर्मा सहितका केही व्यक्तिहरुले रौतहटको कटहरिया नगरपालिका निवासी शेख सा महमदलाई मंसिर ७ गते नै अपहरण गरी सुरुमा ५ लाख मागेका थिए। अपहरित पिडित महमदले दिने असमर्थता जनाए पछि २ लाख मंसिर ९ गते दिने भनी सहमति भएको थियो।

सहमति गरी पिडित अपहरित महमदले उम्के पछि पर्सा प्रहरीमा निवेदन दिइ प्रहरीको निगरानीमा फिरौती वापतको पहिलो किस्ताको रकम पचास हजार दिन जादाँ अपहरणकारीहरुले रकम बुझेर फिर्ता हुने क्रममा पक्राऊ परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले अपहरणमा प्रयोग भएको मधेश प्रदेश ०३-०२५ प ३९८० नम्बरको निलो रङ्गको २२० सिसिको पल्सर मोटरसाइकल र रातो कालो रङ्गको भारतीय नम्बरको बिआर०५ एयु ९७४५ को एनएस मोटरसाइकल र रुपैयाँ सहित बीरगंजको ईनर्वा गाउँबाट अपहरणकारीहरु तत्मा र शर्मा पक्राऊ परेको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी किशोर लम्सालले बताए।

अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन पर्सा शाखाको उपाध्यक्ष रहेका कथित पत्रकार शर्माले संगठनको नाम लेखेको प्रेस ज्याकेट र उनी आफ्नै मोटरसाइकल अपहरण र फिरौतीको रकम बुझ्ने कार्यमा प्रयोग गरेका थिए। लामो समय देखि पत्रकारिताको खोल ओढी बजारमा ठगी गर्दै आएका शर्माको असली चरित्र प्रहरीले प्रमाण सहित पक्राऊ गरे पछि घाम जस्तै छर्लङ्ग भएको छ।

पर्सा प्रहरीको प्रसशंनीय कार्यले जनमानसमा खुशी पैदा गरेकाे सचेत नागरिकहरुको भनाई रहेको छ। पक्राऊ परेका शर्मा बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ घर भई हाल वीरगंज महानगरपालिका वडा नं.१६ निवासी मोहन ठाकुर बढैको छोरा हरिशंकर शर्मा हुन भने तत्मा बीरगंज महानगरपालिका वडा नं.१६ निवासी सन्तोष दास तत्मा हुन।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤