Siraha Times
ताजा समाचार

कर्णाली सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर सुर्खेतमा सम्पन्न

  • मंसिर १०, २०८१
  • ८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १० मंसिर । महिला किसान कर्णाली सम्मेलन एवं प्रदेशस्तरीय सिकाइ शिविर गत मंसीर ८ र ९ गते सुर्खेतमा सम्पन्न भएको महानन्द सापकोटाले जनाएका छन। कार्यक्रमको उद्घाटन लेकबेशी नगरपालिका उप-प्रमुख बिमला खड्लुकले गर्नुभएको थियो । कार्यक्रममा कर्णली प्रदेशका सबै जिल्लाका राष्ट्रिय कृषक समूह महासंघ, नेपाल पालिका कार्यसमिति एवं प्रदेश कार्यसमितिलाई प्रतिनिधित्व गर्ने २५ जना महिलाको सहभागतिा रहेको थियो।

महासंघले पैरवी गर्दै आएका सवाल एवं सवाल उठानमा महिलाको अगुवाई क्षमता विकास गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको थियो । सम्मेलनले महासंघको संरचना भित्र सात सदस्यीय प्रदेशस्तरीय महिला किसान मञ्चको गठन गरेको छ। उक्त कार्यक्रमको समापन एवं सहभागीलाई सिकाई प्रमाणपत्र हस्तान्तरण कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री माननीय घनश्याम भण्डारी समुपस्थितिमा गरिएको थियो । सम्मेलनमा उठेका सवाल एवं सरकारको सरोकारको विषयलाइ समेटेर महिला किसान मञ्चले मन्त्रीज्यू समक्ष मागपत्र पेश गरेका थिए। उक्त कार्यक्रममा लि बर्ड नेपाल समेतकाे सहकार्य रहेको थियो ।

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल र VSO Nepal विच सहयोगमा सुर्खेत, बारा र रौतहट जिल्लामा ACTIVE परियोजना मार्फत पर्यावरणीय कृषिको प्रवद्र्धन एवं खाद्य प्रणाली स्थानीयकरण अभ्यास संचालनमा रहेकाे कर्णाली बाट महानन्द सापकोटाले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१