पर्सा प्रहरीको प्रसशंनीय कार्य, फिरौती माग्ने पत्रकार हरि शंकर शर्मा सहित दुई जना प्रहरी हिरासमा

  • मंसिर १०, २०८१
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रन्जित चौरसिया वीरगंज १० मंसिर। अवैधानिक र विवादित संगठन समाजबादी प्रेस संगठन नेपाल पर्सा शाखाको उपाध्यक्ष बताउने पत्रकार हरिशंकर शर्मा सहित दुई जनालाई पर्सा प्रहरीले आइतबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अपराध अनुसन्धान शाखा बाट खटिएको विशेष टोलीले अपहरण गरी फिरौती माग्ने बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.१ घर भई हाल वीरगंज महानगरपालिका वडा नं.१६ निवासी मोहन ठाकुर बढैको छोरा हरिशंकर शर्मा र बीरगंज महानगरपालिका वडा नं.१६ निवासी सुरेश दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रौतहट जिल्लाको एक युवक र उनको मोटरसाइकल समेत अपहरण गरी केहि व्यक्तिहरुले राखि राखेकोमा पिडित अपहरित संग दुई लाखको सहमति गरी पहिलो किस्ता ५० हजार आईतबार बुझेर फर्किन लागेको बेला शर्मा पक्राऊ परे र त्यसको लगतै दास पक्राऊ परेको जनाइएको छ। पत्रकारिताको खोल ओढी विगत लामो समय देखि बजारमा ठग्दै आएका कथित पत्रकार शर्मा यथार्थमा पत्रकार नभई उनी वीरगंज बाट प्रकाशित हूने कालिका टाइम्स र सर्व राष्ट्रिय दैनिकमा पत्रिका सेटिङ गर्ने अर्थात कम्प्युटर अपरेटरको काम गर्दै आएका हुन् ।

पाठकवृन्द, पत्रकारहरुले समाजलाई अपराधमुक्त बनाउने भूमिका खेल्नु पर्ने ठाँउमा पर्सेली केही पत्रकारहरुले अपहरित पिडितको पिडै नबुझी पिडक लाई छुटाउन प्रहरी कार्यालयमा ओहोर-दोहोर गर्दा पर्सा प्रहरी आश्चर्यचकित भएका थिए। पक्राऊ परेका शर्मा र दास लाई बेलुकी मेडिकल जाँच गराई हिरासतमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१