रन्जित चौरसिया वीरगंज ८ मंसिर । पर्सा जिल्लाको श्रीसिया नाका हुदै व्यापक रुपमा तस्करी फस्टाएपनि स्थानीय प्रहरी प्रशासन रकममा लिप्त हुने गरेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीका कारण दिनानुदिन तस्करी फस्टाउदै गएको हाल फस्टाउदै गएको तस्करीको कार्यले प्रष्ट पारेको हो ।
बोर्डर आउट पोष्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उधव पौडेल आर्थिक मोहमा परे पश्चात चोरी तस्करीका कार्यहरु फस्टाउदै गएको बुझिन्छ । शुक्रवार करिब १७ बजेर ४३ अर्थात साझ ५ बजेर ४३ मिनेटमा तस्करहरुको लस्करै लागेको दृष्यले सशस्त्र प्रहरीको मिलोमतो भएको बारे प्रष्टयाउछ । भारतबाट नेपाल आइरहेका तस्करहरुको लस्करले मोटरसाइकलको माध्यमले अवैध रुपमा कपडा र काजुको तस्करी गर्ने गरेको बारे खिचिएको दृष्यबाट प्रमाणित हुन आउछ । स्थानीय बोर्डर आउट पोष्ट श्रीसियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उधव पौडेलले तस्करहरुको समुह संग मासिक लाखौ रुपैया नजराना बुझे पश्चात तस्करी कार्य सुचारु भएको बताइन्छ । स्थानीय सशस्त्र प्रहरी श्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक पौडेलले नै तस्करीको मालसमान नरोक्न निर्देशन नै दिए पश्चात तस्करीको मालसमान नरोकिएको बताए । उनका अनुसार आफु तल्लो दर्जा भएको कारण आफ्नो नाम सम्प्रेशन नगर्ने सर्तमा तस्करीको कार्य फस्टाउनुमा सशस्त्र प्रहरीकै हात हुने गरेको बताए ।
यता श्रीसिया नाकाबाट बढ्दै गरेको चोरी तस्करीको बिषयमा समाचार संकलनमा खटिएका संचारकर्मीले शुक्रवार साझ चोरी तस्करी हुदै गरेको दृष्य खिच्न सफल भएका छन । मुखमा राम राम र बगलीमा छुरा भन्ने उख्खान झै काम चाही चोरी तस्करी नियन्त्रण तर काम चाही आर्थिक कलेक्सन बारे सिधै प्रष्ट पार्छ । तस्करहरुको समुहले सीमामा खटिएका सशस्त्र प्रहरीकै आखा अगाडीबाट चोरी तस्करीका मालसमानहरु खुल्याम आयात निर्यात गर्नुले माथिल्लो निकायसम्मको आशिर्वाद स्थानीय बिओपीपति माथि रहेको प्रष्ट बुझन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic