ताजा समाचार

मा.बि. स्तरीय हाजरीजवाफ प्रतियोगिता सखुवानन्कारकट्टी गा.पा. प्रथम

  • कार्तिक १९, २०८१
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १९ कार्तिक सिरहाको नवराजपुर गाउँपालिका वडा नं १, गेरुवामा बजरंग युवा क्रिकेट क्लब (BYCC) गेरुवाहको आयोजनामा १४ कार्तिकमा तिन वटा पालिका बिच मा.बि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ भने २२औं T -20 क्रीकेट प्रतियोगिता शुरु भएको छ।

हाजिरी जवाफ प्रतियोगिता नवराजपुर, भगवानपुर, र सखुवानान्कारकट्टी गाउँपालिकाअन्तर्गतका माध्यमिक विद्यालयका आठ विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूबीच निकै प्रतिस्पर्धात्मक वातावरण देखिनुका साथै यसले विद्यार्थीको शैक्षिक स्तरमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

कार्यक्रम क्लब सदस्य मनोज कुमार यादवको संयोजकत्वमा सम्पन्न भएको थियो। अनुसंधानका प्रहरी नायव निरीक्षक रिझन यादवका अनुसार, प्रतियोगिता निस्पक्ष रुपमा सम्पन्न गरिएको थियो। भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, नवराजपुर गा.पा. अध्यक्ष शिवउदगार यदवको बिशिस्ट अतिथि संघिय सांसद माननीय राजकिशोर यादवको प्रमुख अतिथित्वमा, र नवराजपुर वडा नं. १ का वडाअध्यक्ष नवीन कुमार यादवको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। तिन वटा पालिका बिचको मा.बि. स्तरीय प्रतियोगितामा सखुवानन्कारकट्टी गाउँपालिका प्रथम भएका छन। जसमा सखुवानन्कारकट्टी गा.पा. कै मा.वि. महदेवा पोर्ताहा प्रथम स्थान हासिल गरेको छ भने मा.वि .महेशवरी दोस्रो र मा.वि. मौवाही तेस्रो स्थानमा रहेका थिए। कार्यक्रमको अधारमा हेर्नु पर्दा सखुवानन्कारकट्टी गा.पा. शिक्षा क्षेत्रमा निकै फर्को मारेको प्रष्ट देख्न सकिन्छ।

एउटै मंचमा तिन वटा पालिका प्रमुख र संघिय सांसद बसेर कार्यक्रमको अवलोकन गरेका थिए भने प्राय सबै बक्ताहरुले शिक्षा सम्बन्धि गहोरो चिन्तन समेत गरेका थिए। विजेताहरूलाई सम्मान गरिएको यस प्रतियोगिताले नवराजपुर क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक तथा आत्मविश्वास अभिवृद्धि गर्न उल्लेखनीय सहयोग पुर्‍याएको जानकारहरुले बताएका थिए।

यस अवसरमा भगवानपुर, सखुवानान्कारकट्टी, र नवराजपुरका जनप्रतिनिधिहरूको विशेष उपस्थिति थियो भने छात्राहरूको सामाचकेवा नृत्यले कार्यक्रमलाई सांस्कृतिक रङ्गमा सजाएको थियो। विगत २ दशकदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता क्षेत्रीय शैक्षिक तथा सांस्कृतिक प्रगतिको प्रतीक बनेको छ। क्लब अध्यक्ष राम बालक यादवका अनुसार, यो प्रतियोगिताले युवाहरूलाई नयाँ उत्साह र प्रेरणा प्रदान गर्दै आएको छ। कार्यक्रम संयोजक मनोज कुमार यादवले यस प्रतियोगिताले नवराजपुरको शैक्षिक र सांस्कृतिक वातावरणलाई थप समृद्ध बनाएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤