ताजा समाचार

बलान नदि नियन्त्रणमा टिम सहित जुटे गा.पा. अध्यक्ष यादव

  • असार २७, २०८१
  • १०२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ असार । सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव टिम सहित बलान नदि नियन्त्रणमा जुटेका छन। यसै पालिकाको ४ न. वाडा बेलही गाउँ बिगत लामो समय देखि बलान नदिको जोखिममा रहेको छ। बिगत झै यस बर्ष पनि अविरल बर्षाको कारण बेलही गाउँमा बलान नदिको बाढीले क्षति गर्न लाग्दा गा.पा. अध्यक्ष यादव टिम सहित गाउँमा बाढी पस्न नदिन रोकथामका लागी प्रयास गरेका हुन। सप्तरी सिरहाको बिचमा रहेको यो बलान नदि हाल सम्म दुबै तिर लगभग २० गाउँको हजारौं बिगहा उब्जाउ जग्गा कटान गरी सकेका छन भने दर्जनौ गाउँमा बाढी पस्ने बाटो बनाइ सकेका छन। बिगतमा नदि नियन्त्रण सम्बन्धि काम नभएको होइन तर प्रत्येक बर्ष करेटिङको नाममा बाँधको नाममा आएको सानो बजेटले केहि हुन सकिरहेको छैन। 

यस बर्ष त बलान नदि झन उग्ररूप लिएको अबस्था छ। पश्चिममा सिरहाको लहान न.पा. २३, सखुवानन्कारकट्टी गा.पा. ४र५ र भगवानपुर गा.पा. को १ र ४ न. वाडाहरुमा कटान भैरहेको छ भने सप्तरीको बलान बिहुल गा. पा. हुलाकी सडक देखि दक्षिण दिघिया, दुधैला, मौवाहा र बेलही पुर्णरुपमा जोखिममा रहेको अवस्था छ। जनप्रतिनिधि भनेको त गा.पा. अध्यक्ष खेमचन्द्र यादवलाई मान्नु पर्छ। नागरिकको सुरक्षा हेतु बाँध बाँध्न आफै खटेर अभिभावकको भुमिका निर्बाह गरेका यादव युवा नेताको रुपमा उदाएका छन। हामी संगको छोटो कुराकानी गर्दै यादव म जन्ताको शासक नभई जन्ताको सेवक हो र बलान बिहुल गा.पा. लाई बनाउन जन्ताले मलाई मत दिएका छन र जनचाहना मुताबिक मेरो नेतृत्वको स्थानीय सरकार अगाडी बढिरहेको बताएका छन।

May be an image of 2 people

May be an image of 2 people and people fishing

 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤