ताजा समाचार

वालविवाह र दहेज प्रथा विरुद्धको अभियानमा

  • फागुन १९, २०८०
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान १९ फागुन । बालविवाहले बालबालिकालाई आधारभुत अधिकारबाट बञ्चित नहोस तथा आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्वन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अधिकारबाट समेत बालविवाहले बालबालिकालाई बञ्चित गराउँछ । मानव अधिकार र अन्तराष्ट्रिय विकासको क्षेत्रमा बालविवाहको सवालले पछिल्ला वर्षहरुमा निकै ध्यान आकृष्ट गरेको छ । विवाह गर्ने र नगर्ने भन्ने विषयमा प्रत्येक व्यक्तिको आफ्नो नैसर्गिक अधिकार हो । यसका लागि प्रायः सवै मुलुकहरुले विवाहको लागि न्युनतम उमेर तोकेका हुन्छन् ।

त्यही तोकिएको उमेर अगावै गरिने विवाहलाई वालविवाह भनिन्छ । विशेष गरी वालिका र महिलाको सवालमा वालविवाहले एउटै मात्र अधिकारको उल्लघंन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकारको उल्लघंन श्रृखला सृजना गरी थप हिंसामा पर्ने अवस्थालाई निम्त्याइ दिन्छ । यद्दपि वालविवाहको जोखिममा वालक तथा किशोरहरु पनि उत्तिकै रहने कुरा विभिन्न अध्ययनहरुले देखाएको छ । त्यसै अन्तर्गत आज मधेश प्रदेशको सप्तरी जिल्लामा सप्तरी नेपाल राम समाजको पहिलो बैठक भएको हो ।

 केन्द्रीय अध्यक्ष प्रथमलाल रामको अध्यक्षतामा भएको वैठकवाट संगठन विस्तार गर्ने, राम समुदायले वालविवाह नगर्ने र गर्नेलाई कानुनि दायरामा ल्याउने, दहेज प्रथा पुर्ण रुपमा वन्द गर्ने लगायतको विषयमा निर्णय गरेको छ । वैठकवाट जिल्ला भरिका १८ वटै पालिकाको सम्पुर्ण राम टोलमा पत्राचार गरि वालविवाह र दहेज प्रथा विरुद्ध सुचना गर्न समेत निर्देशन दिनुभएको छ ।

मुलुकी ऐन, २०२० जारी हुदाँका बखत १४ बर्ष नपुगेकी स्वास्नी मानिस र १८ वर्ष नपुगेको लोग्ने मानिसले विवाह गर्न नपाउने व्यवस्था गरिएकोमा पछि स्वास्नी मानिसको उमेर १६ वर्ष कायम गरियो । तत्पश्चात मुलुकी ऐनको एघारौं संशोधनबाट महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकियो । पछिल्लो पटक केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤