नवराजपुर गाउपालिका प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८० शुरु

  • फागुन ५, २०८०
  • १४०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव फाल्गुन ५ । सिरहाको जिल्लाको सीमाक्षेत्रमा पर्ने  नवराजपुर गाउपालिकामा जारि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८० हिजोबाट शुरु भएको छ । पालिका अध्यक्ष शिव उदगार यादवले रिवन काटेर प्रतियोगिताको विधिवत रुपमा उद्घाटन गरेको थियो । प्रतियोगिता नवराजपुर गाउँपालिका ५ स्थित कुर्सीन्डीको खेल मैदानमा संचालन भएको छ । 

प्रतियोगितामा पालिकाको १ देखी ५ वटै वडाको खैलाडीहरु १० वटा खेल खेलेर एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । खेलमा प्रथम विजेता टीम लाई प्रथम सिल्ड साथै ६० हजार नगद रुपैया र उपविजेता टिमलाई दोस्रो सिल्ड ४० हजार नगद रुपैया तथा बेस्ट ब्यास्टम्याम, बेस्ट बोलर, म्यान अफ द सेरिज र फाईनल म्यान अफ द म्याच प्राप्त गर्ने खेलाडीहरुको लागी सिल्ड, मेडलको समेत व्यवस्था गरिएको छ ।

बिभिन्न क्षेत्रमा फडको मार्दै शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार अब खेलजगतमा राम्रो अभ्यास गरिरहेको देखिन्छ र यसलाई निरन्तर जारी राखी नवराजपुरको खेलाडी राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेर आफ्नो पहचान बनाउन सफल होस भनि चाहना हाम्रो स्थानीय सरकारको रहेको गा.पा. अध्यक्षले हाम्रा सहकर्मीलाई बताएका छन । 

खेलको पहिलो दिन प्रतियोगिताको खेलमा पालिकाकै  वडा नम्बर १ र वडा नम्बर ५ का खेलाडीहरु बिच खेलमा वडा नम्बर १ ले टस जितेर गेन्दबाजी गर्ने रोजेको थियो भने वडा नम्बर ५ का टिमले ब्याटिङ्ग गर्दै २० ओभरका खेलमा २० ओभर समाप्त गरी १४४ रनको लक्ष्य दिईएको थियो । जबाबी ब्याटिङ्गमा वडा नम्बर १ का टिमले १६ औभरमा ६ विकेट गुमाउँदै १४५ रन पार गर्दै ४ विकेटले संदार जित हात पार्ने सफल भयो ।

May be an image of 13 people

May be an image of 9 people

May be an image of 9 people, people smiling, grass and fog

May be an image of one or more people, dais and text

प्रतिक्रिया दिनुहोस

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सखुवानन्कारकट्टीमा क ...

लहान । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका १ कटैयामा रहेको भी जनचेतना कृषि सहकारी संस्था लिमि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१