दोस्रो लहान गोल्डकपको आजको खेलमा धनकुटाको जित

  • माघ २३, २०८०
  • १६८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान २३ माघ । हिम कस्तुरी युवा क्लब लहानले आयोजना गरेको दोस्रो लहान मेयर गोल्डकपको आज दोस्रो दिन लहान मेयर गोल्डकपमा धनकुटा एफसीले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा फुटबल एकाडेमीमाथि सहज जित निकाल्दै धनकुटा दोस्रो चरणमा प्रवेश गरेको हो ।

423105691_672288104959534_3563700012042784247_n 6 पशुपति आदर्श माविको खेलमैदानमा भएको खेलमा धनकुटाले २-० गोलअन्तरमा हेटौंडालाई पराजित गरेको हो । धनकुटाका लागि नितेश लिम्बूले खेल सुरु भएको ४ मिनेटमै आकर्षक गोल गरेका थिए । हेटौंडाका गोलरक्षक असरफ शेखको गल्तीको फाइदा लिँदै नितेशले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० गोलमै रहे पनि दोस्रो हाफको ३२औँ मिनेटमा धनकुटाका सौर्य राउतले गोल गरेर अग्रता दोब्बर बनाएका हुन् । दोस्रो लहान मेयर गोल्डकपका म्यान अफ दि म्याचको पुरुस्कार स्विवियु का सभापति राम कृष्ण यादवले प्रदान गर्दै खेलाडीको हौसला बढाउनु भएको थियो  ।

खेलको म्यान अफ दी म्याच धनकुटाका नितेश लिम्बू बने । भोलि (बुधबार) झापा दमकको चात्या सा पुस्तकालय र विरगञ्ज युनाइटेड पर्साले प्रतिस्पर्धा गर्नेछ ।उनलाई आयोजकको तर्फबाट नगद ३ हजार प्रदान गरियो । हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाको प्रायोजन रहेको गोल्डकपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

बोदेबर्साइनमा औँठा छ ...

 सप्तरी, २२ असार । सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भए ...

सखुवानन्काकट्टी ३ का ...

रहमुल लहान २२ अषाढ । सिरहाको सखुवानन्काकट्टी ३ महदेवा पोर्ताहा माविको शानदार एसईई नतिजा: ८६% विद्यार ...

नेशनल लघुवित्त वित्त ...

ओम प्रकाश यादव लहान अषाढ़ २१ । सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१