Siraha Times
ताजा समाचार

जे.एस. मुराराका बहुमुखी क्याम्पसको ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता २०८० सम्पन्न

  • माघ २२, २०८०
  • २२५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान माघ २२ । सिरहाको लहान नगरपालिकाको जे.एस. मुराराका बहुमुखी क्याम्पसको ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता २०८० सफलतापुर्वक सम्पन्न भएको छ । शिक्षाको लागि स्वास्थ्य ,स्वास्थ्यको लागि खेलकुद " भन्ने मूल नाराका साथ शुरू भएको खेल सप्ताह आइतबार सम्मापन गरिएको हो । लहान नगरपालिकाका नगरप्रमुख तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सम्मापन कार्यक्रममा बिभिन्न खेलकुदका बिजेताहरूलाइ मेडल तथा प्रमाणपत्र लगायतले पुरस्कृत गरिएको थियो । खेल सप्ताहमा महिला तथा पुरुषहरुका लागि फुटबल, भलिबल, म्युजिकल चेयर , दौड, सट पुट थ्रो, लँगजम्प, स्लो साइकलरेस लगाएतका खेलहरु समाबेस भएका थिए । समापन कार्यकममा क्याम्पस प्रमुख संजय चौधरीले शुभकामना मन्तव्य राख्ने क्रममा आम विद्यार्थीलाइ सर्भ-शुलभ तथा गुणस्तरीय शिक्षाका साथै शारिरीक तथा मानसिक बिकासका लागि प्रतिबद्ध रहेको बताए । कार्यक्रममा स्वबियु सभापति रामकृष्ण यादवको साथै विभिन्न संघ-संस्थाका प्रतिनिधि,शिक्षक, अभिभावक ,विद्यार्थी लगायत संचारकर्मीको उपस्तिथी रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१