ताजा समाचार

महिला हिंसा विरुद्धको १६ दिने अभियान भगवानपुरमा

  • मंसिर २४, २०८०
  • १०५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ मंसिर सिरहाको भगवानपुर गाउँपालिका १ बाला सुन्द्री मा.बि.को प्राङ्गणमा लैङ्गिक हिंसा अन्त्यको सुनिश्चििता महिला र वालवालिकामा लगानीको एैक्यवद्धता मूलनाराका साथ मनाईएको ३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत भगवानपुर गउँपालिकासंगको सहकार्यमा राष्ट्रिय कृषक समूह महासंघ नेपाल र समग्र जनउत्थान केन्द्र लहानद्धारा विभिन्न स्थानीय संघसंस्थाहरुसंगको समन्वयमा गा.पा.अध्यक्ष उग्र नारायण यादवको प्रमूख आतिथ्यता तथा उपाध्यक्ष रेखा कुमारी यादवको विशिष्ट आतिथ्यतामा विभिन्न नारा सहितको रयाली र सरोकारवालाहरुसंगको संवाद कार्यक्रम सम्पन्न भएको छ।

तराई क्षेत्रमा छोरालाई काखा र छोरीलाई पाखा गर्ने, छोरीलाई धेरै पढाउनु नहुने, सानै उमेरमा बिहे गरिदिने चलन बिगत लामो समय देखि चल्दै आइरहेको छ। जसको कारण हाल सम्म यस क्षेत्रका महिला जमातमा शिक्षाको पहुच छैन। जसको कारण महिलाहरु बिभिन्न किसिमको हिंसाको शिकार भैरहेको खवर बारम्बार बाहिरिदै गरेको छ। यो भयाबह अवस्थालाई मध्यनजर गर्दै केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समुह महासंघले समुदायमा रहेका अतिबिपन्न दलिद गरीबका छोरीहरुलाई किशोरी शिक्षा मार्फत बिधालय बाट टाढा रहेका किशोरीहरुलाई बिधालय सम्म पुर्याउन सफल भएका छन।

महासंघको हाल सम्मको गतिविधि हेर्दा सिरहा जिल्लाको बिभिन्न पालिकामा कृषि क्षेत्रमा धेरै कार्यक्रमहरु सन्चालन गरी उल्लेखनीय कार्यहरू जस्तै किसानलाई नै प्राविधिक बनाउने, जैविक खेतीको शुरुवात, कृषिमा आधुनिकिकरण, यान्त्रिकिकरण, बजारीकरण जस्ता उदाहरणिय कामहरू भएका छन। आज १५ औ दिन -याली तथा सम्बाद कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि बि.ओ.पी. ठाडीका डि.एस.पी. दुर्गा प्रसाद भट्ट लगायत किशोरी र महिला दिदिबहिनीहरुको ठुलो जमातको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤